• ट्रेण्डिङ:

कोरोना संक्रमणबाट खोटाङमा एकको निधन

कोरोना संक्रमणबाट खोटाङमा एकको निधन

रोदिक खबर

१, जेठ २०७८
  • 7.4K
    SHARES
  • कोरोना संक्रमणबाट  खोटाङमा  एकको निधन

    खोटाङ । खोटाङमा कोरोना भाइरसको संक्रमणबाट एक जनाको निधन भएको छ। ऐंसेलुखर्क गाउँपालिका वडा नम्बर–३ ऐंसेलुखर्कका ७८ वर्षीय एक पुरुषको कोरोना संक्रमणबाट निधन भएको हो ।

    शुक्रबार गरिएको एन्टिजेन परीक्षणमा उनलाई कोरोना पोजेटिभ देखिएको थियो। कोरोना पोजेटिभ देखिएको २४ घण्टा नपुग्दै उनको शनिबार विहान ६ः३० बजे निधन भएको ऐंसेलुखर्क गाउँपालिकाका अध्यक्ष विश्वनाथ निरौलाले जानकारी दिए। उनी दुई वर्षदेखि मृगौला, सुगर लगायत रोगका विरामी थिए।

    स्वास्थ्यकर्मीको टोलीले सुरक्षितता अपनाएर मृतकको शव दाहासत्कार गर्ने तयारी गरिएको गाउँपालिका अध्यक्ष निरौलाको भनाई छ। उनको परिवारलाई नै कोरोना संक्रमण देखिएको छ।

    गाउँपालिकाले कोरोना संक्रमणबाट जोगाउन केही दिन अघिदेखि गाउँपालिकामा निशेधाज्ञा गरिसकेको छ। ऐसेलुखर्क गाउँपालिकामा १२ जनामा कोरोना संक्रमण भएको छ भने जिल्लाभर ११८ जनामा संक्रमण देखिएको छ।

    संक्रमणबाट खोटाङ घर भइ अन्य ठाँउमा उपचारको क्रममा केहीले ज्यान गुमाएपनि जिल्लामा संक्रमणबाट निधन भएको यो पहिलो घटना हो।

    प्रकाशित मिति :जेठ १, २०७८ शनिवार - ०९:३१:२६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको