खोटाङ । ब्रोइलर कुखुरा फर्ममा आगलागी हुँदा चार लाखभन्दा बढीको क्षती भएको छ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सप्तेश्वर छितापोखरी बजारका अशोक राईको कुखुरा फर्ममा आगलागी हुँदा करिब ४ लाख २६ हजारको क्षती भएको वडा सदस्य अमृत गिरीले बताए ।
शुक्रबार राती हिटर जलेर आगलागी हुँदा राईको लम्बाई २६ फिट र चौंडाई १४ फिटको टिनको छाना भएको घर, कुखुरा, चल्ला, दाना लगायत जलेर नष्ट भएको छ ।
दुई वर्षअघिदेखि छितापोखरी बजारमा कुखुरा फर्म सञ्चालन गर्दैआएका व्यवसायी राईको दुई दिनअघि ल्याइएका २२४ वटा चल्ला, १५० भन्दा बढी कुखुरा, चार बोरा चारो, एक वटा ग्याँस सिलिण्डर, सोलार व्याट्री र प्यानल, कुखुरालाई चारो दिने सामग्री, काठ, दाउरा, सिरक, डसना लगायत जलेर नष्ट भएका छन् ।