बिहिवार, कार्तिक १३ गते २०८३

खोटाङमा  थप १० जनालाई कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या १२१ पुग्यो

खोटाङमा  थप १० जनालाई कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या १२१ पुग्यो

रोदिक खबर

१, जेठ २०७८
  • 4.4K
    SHARES
  • खोटाङमा  थप १० जनालाई कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या १२१ पुग्यो

    खोटाङमा थप १० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार गरिएको एन्टीजेन परीक्षणमा हलेसी तुवाचुङ नगरपालिकामा ८ जना र ऐसेलुखर्क गाउँपालिकामा २ जनालाई संक्रमण पुष्टि भएको हो ।

    हलेसीमा २३ जनाको एन्टीजेन परीक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको नगरपालिकाका स्वास्थ्य शाखा सह–संयोजक प्रकाश घिमिरेले बताए । हालसम्म ६ जना संक्रमणमुक्त हुँदा र १ जनाको मृत्यु हुँदा जिल्लामा सक्रिय संक्रमितको संख्या १२१ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । 

    हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ४६ जना, हलेसी तुवाचुङ नगरपालिकामा २५ जना, साकेला गाउँपालिकामा २३ जना, ऐसेलुखर्क गाउँपालिकामा १३ जना, रावाबेँसीमा ५ जना, खोटेहाङ गाउँपालिकामा ५ जना र जन्तेढुंगा गाउँपालिकामा ४ जना सक्रिय संक्रमित छन् ।

    संक्रमितमध्ये १०६ जना होेमआइसोलेसनमा र १५ जना संस्थागत आइसोलेसनमा बसिरहेका छन् । संस्थागत आइसोलेसनमा बसिरहेकामध्ये खोटेहाङ गाउँपालिकाका ३ जना र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका १ जनालाई अन्यत्र रेफर गरिएको स्वास्थ्य कार्यालय खोटाङका जनस्वास्थ्य अधिकृत एवं कोभिड फोकल पर्सन आनन्द लामिछानेले बताए ।

    संक्रमितसँगको कन्ट्याक्ट ट्रेसिङ गर्दै पिसिआर तथा एन्टीजेन परिक्षणको दायरा बढाउने हो भने संक्रमितको संख्या अरु बढ्ने अनुमान गरिएको छ । जिल्लाका स्थानीय सरकार र जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसि) ले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै ‘बाँच्ने र बचाउने’ अभियानमा साथ दिन नागरिकलाई आग्रह गरिरहेको छ । 

    प्रकाशित मिति :जेठ १, २०७८ शनिवार - १९:३४:५६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको