बिहिवार, कार्तिक १३ गते २०८३

कोरोना नियन्त्रणका लागि एकजुट भएर लाग्न एमालेका प्रमुख सचेतक भट्टराईको अपिल

कोरोना नियन्त्रणका लागि एकजुट भएर लाग्न एमालेका प्रमुख सचेतक भट्टराईको अपिल

रोदिक खबर

२, जेठ २०७८
  • 5.0K
    SHARES
  • कोरोना नियन्त्रणका लागि एकजुट भएर लाग्न एमालेका प्रमुख सचेतक भट्टराईको अपिल

    खोटाङ । नेकपा एमाले संसदिय दलका मुख्य सचेतक एवं प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले कोरोना महामारी नियन्त्रणका लागि जिल्लाबासीलाई एकजुट भएर लाग्न अपिल गरेका छन् । भट्टराईले शनिबार सामाजिक सञ्जाल फेसबुक मार्फत लकडाउनलाई पूर्ण पालना गरि कोरोना महामारी नियन्त्रणका लागि एकजुट भएर लाग्न जिल्लाबासीलाई अपिल गरेका हुन ।

    कोभिड १९ को दोश्रो भेरियन्टले देशमा भयाबह हुने स्थिति छ, उनले भने, यो अवस्थामा सरकारलाई गालि गर्नुभन्दा पनि सरकारलाई सहयोग गर्न म आम जिल्लाबासीलाई अपिल गर्दछु । अहिले महामारी नियन्त्रणको लागि स्थानीय, प्रदेश र संघीय सरकारले एकापसमा समन्वय र सहकार्य गर्दै काम गरिरहेको बताउदै प्रतिनिधिसभा सदस्य भट्टराईले भने, महामारी नियन्त्रणको पहिलो भूमिका स्थानिय नागरिकमै हुन्छ त्यसकारण सबै मिलेर यसलाई परास्त गरौ ।

    कोभिडको महामारीले हामीलाई अनेकन प्रतिकूलता ल्याएको छ, उनले भने, सर्बत्र संकट छ, अत्यावश्यक सामग्री र जनशक्तिको भयङ्कर अभाव छ तर पनि निराश र अत्यास नमानी, उच्च मनोबलका साथ अघि बढौ म तपाईहरुको जिवन रक्षाका लागि सदैब लाग्ने छु । प्रतिनिधिसभा सदस्य भट्टराईले सामाजिक सञ्जाल फेसबुक मार्फत जिल्लाका स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी र सेवाको अवस्थाका वारेमा पनि उल्लेख गरेका छन, जसमा यस्तो रहेको छ ।

    जिल्लाभर एउटा जिल्ला अस्पताल, दुईवटा प्राथामिक स्वास्थ्य केन्द्र (पिएचसि), ७४ वटा स्वास्थ्य चौकी, एउटा उपस्वास्थ्य चौकी, केही आधारभूत स्वास्थ्य केन्द्र, दुईवटा शहरी स्वास्थ्य केन्द्र, एउटा निजी अस्पताल र एघार वटा पोलिक्लिनिकहरु छन् भने यी सबैमा गरी जम्मा १४ वटा ल्याब चालु रहेका छन् ।

    जहाँ १ जना एमडी डाक्टर, १३ जना एमबिबिएस डाक्टर, ४५ जना हेल्थ असिस्टेन्ट र सिनियर अ.हे.ब., १४ जना स्टाफ नर्स, १४३ जना अ.हे.ब. १७२ जना अनमी, १ जना एनेस्थेसिया असिस्टेन्ट र १ जना रेडियोग्राफर असिस्टेन्ट छन् साथै ल्याबमा थप २० जना जनशक्ति कार्यरत छन् । जिल्ला अस्पतालमा एउटा भेन्टिलेटर, जिल्लाका विभिन्न स्थानीय तहमा गरी ३५ वटा कोभिड बेड, २६ वटा अक्सिजन बेड छन् भने अक्सिजन सिलिण्डर ६७ वटा र ११ वटा अक्सिजन कन्सन्ट्रेटर छन् ।

    कोविड १९ लाई लक्षित गरेर जिल्लाभर १४४ वटा आइसोलेसन बेड र २२ बेडको क्वारेन्टिन सञ्चालनमा छन् । हालसम्म कोविडको दोश्रो लहरमा १५० जना संक्रमित भएका मध्ये छ जनाले रोगलाई परास्त गरिसकेका छन भने एकजनाको दुखद मृत्यु भएको छ ।

    आजसम्म सकृय १४८ संक्रमितमध्ये १३४ जना होम आइसोलेसनमा, ७ जना साकेला र २ जना हलेसीको कोविड अस्पतालमा छन् । ७ वटा एम्बुलेन्सले जिल्लाभरका विरामीहरुलाई अस्पतालसम्म पुर्याउने काम गरिरहेका छन ।

    – कोभिडको महामारीले हामीलाइ अनेकन् प्रतिकूलता ल्याएको छ, सर्बत्र संकट छ । अत्यावश्यक सामग्री र जनशक्तिको भयङ्कर अभाव छ तर पनि निराश र अत्यास नमानी, उच्च मनोबलका साथ अघि बढौ।

    – स्थानीय, प्रदेश र संघीय सरकारले एकापसमा समन्वय र सहकार्य गर्दै यो चुनौतीको सामना गर्ने र जनताको जीवन रक्षार्थ आवस्यक पहल लिनेछ ।

    – जिल्लामा अत्यावश्यक सामग्री जुटाउन, तिनको राम्रो ब्यवस्थापन गर्न कोशिश गरिनेछ्।

    – काठमाडौंमा रहनुभएका र जिल्लावाट उपचारार्थ आउनुभएका बिरामीहरुको उपचारका लागि यथासक्य सहजिकरण गरिनेछ । धन्यवाद ।

    प्रकाशित मिति :जेठ २, २०७८ आइतवार - ०५:५४:३६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको