खोटाङ । नेकपा एमाले संसदिय दलका मुख्य सचेतक एवं प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले कोरोना महामारी नियन्त्रणका लागि जिल्लाबासीलाई एकजुट भएर लाग्न अपिल गरेका छन् । भट्टराईले शनिबार सामाजिक सञ्जाल फेसबुक मार्फत लकडाउनलाई पूर्ण पालना गरि कोरोना महामारी नियन्त्रणका लागि एकजुट भएर लाग्न जिल्लाबासीलाई अपिल गरेका हुन ।
कोभिड १९ को दोश्रो भेरियन्टले देशमा भयाबह हुने स्थिति छ, उनले भने, यो अवस्थामा सरकारलाई गालि गर्नुभन्दा पनि सरकारलाई सहयोग गर्न म आम जिल्लाबासीलाई अपिल गर्दछु । अहिले महामारी नियन्त्रणको लागि स्थानीय, प्रदेश र संघीय सरकारले एकापसमा समन्वय र सहकार्य गर्दै काम गरिरहेको बताउदै प्रतिनिधिसभा सदस्य भट्टराईले भने, महामारी नियन्त्रणको पहिलो भूमिका स्थानिय नागरिकमै हुन्छ त्यसकारण सबै मिलेर यसलाई परास्त गरौ ।
कोभिडको महामारीले हामीलाई अनेकन प्रतिकूलता ल्याएको छ, उनले भने, सर्बत्र संकट छ, अत्यावश्यक सामग्री र जनशक्तिको भयङ्कर अभाव छ तर पनि निराश र अत्यास नमानी, उच्च मनोबलका साथ अघि बढौ म तपाईहरुको जिवन रक्षाका लागि सदैब लाग्ने छु । प्रतिनिधिसभा सदस्य भट्टराईले सामाजिक सञ्जाल फेसबुक मार्फत जिल्लाका स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी र सेवाको अवस्थाका वारेमा पनि उल्लेख गरेका छन, जसमा यस्तो रहेको छ ।
जिल्लाभर एउटा जिल्ला अस्पताल, दुईवटा प्राथामिक स्वास्थ्य केन्द्र (पिएचसि), ७४ वटा स्वास्थ्य चौकी, एउटा उपस्वास्थ्य चौकी, केही आधारभूत स्वास्थ्य केन्द्र, दुईवटा शहरी स्वास्थ्य केन्द्र, एउटा निजी अस्पताल र एघार वटा पोलिक्लिनिकहरु छन् भने यी सबैमा गरी जम्मा १४ वटा ल्याब चालु रहेका छन् ।
जहाँ १ जना एमडी डाक्टर, १३ जना एमबिबिएस डाक्टर, ४५ जना हेल्थ असिस्टेन्ट र सिनियर अ.हे.ब., १४ जना स्टाफ नर्स, १४३ जना अ.हे.ब. १७२ जना अनमी, १ जना एनेस्थेसिया असिस्टेन्ट र १ जना रेडियोग्राफर असिस्टेन्ट छन् साथै ल्याबमा थप २० जना जनशक्ति कार्यरत छन् । जिल्ला अस्पतालमा एउटा भेन्टिलेटर, जिल्लाका विभिन्न स्थानीय तहमा गरी ३५ वटा कोभिड बेड, २६ वटा अक्सिजन बेड छन् भने अक्सिजन सिलिण्डर ६७ वटा र ११ वटा अक्सिजन कन्सन्ट्रेटर छन् ।
कोविड १९ लाई लक्षित गरेर जिल्लाभर १४४ वटा आइसोलेसन बेड र २२ बेडको क्वारेन्टिन सञ्चालनमा छन् । हालसम्म कोविडको दोश्रो लहरमा १५० जना संक्रमित भएका मध्ये छ जनाले रोगलाई परास्त गरिसकेका छन भने एकजनाको दुखद मृत्यु भएको छ ।
आजसम्म सकृय १४८ संक्रमितमध्ये १३४ जना होम आइसोलेसनमा, ७ जना साकेला र २ जना हलेसीको कोविड अस्पतालमा छन् । ७ वटा एम्बुलेन्सले जिल्लाभरका विरामीहरुलाई अस्पतालसम्म पुर्याउने काम गरिरहेका छन ।
– कोभिडको महामारीले हामीलाइ अनेकन् प्रतिकूलता ल्याएको छ, सर्बत्र संकट छ । अत्यावश्यक सामग्री र जनशक्तिको भयङ्कर अभाव छ तर पनि निराश र अत्यास नमानी, उच्च मनोबलका साथ अघि बढौ।
– स्थानीय, प्रदेश र संघीय सरकारले एकापसमा समन्वय र सहकार्य गर्दै यो चुनौतीको सामना गर्ने र जनताको जीवन रक्षार्थ आवस्यक पहल लिनेछ ।
– जिल्लामा अत्यावश्यक सामग्री जुटाउन, तिनको राम्रो ब्यवस्थापन गर्न कोशिश गरिनेछ्।
– काठमाडौंमा रहनुभएका र जिल्लावाट उपचारार्थ आउनुभएका बिरामीहरुको उपचारका लागि यथासक्य सहजिकरण गरिनेछ । धन्यवाद ।