• ट्रेण्डिङ:

साकेला गाउँपालिकालाई हप्ता दिनका लागि पुन: शिल

साकेला गाउँपालिकालाई हप्ता दिनका लागि पुन: शिल

रोदिक खबर

२, जेठ २०७८
  • 3.0K
    SHARES
  • साकेला गाउँपालिकालाई   हप्ता दिनका लागि पुन: शिल

    खोटाङ ।  खोटाङको साकेला गाउँपालिकालाई थप हप्ता दिनका लागि शिल गरिएको छ । कोभिड–१९ को संक्रमण दर तिब्र गतिमा बढिरहेको भन्दै  पुन: आइतबारदेखि लागू हुनेगरी थप हप्ता दिनका लागि पूर्णरुपमा शिल गरिएको गाउँपालिकाले जनाएको छ ।

    कोभिड–१९ को संक्रमण दर तिब्र गतिमा फैलिरहेको पाइएकाले गाउँपालिकाभित्र आवत–जावत गर्न नपाउने गरी गाउँपालिका पूर्णरुपमा सिल गरिएको प्रमुख प्रशासकीय अधिकृत रबिन मगरले बताए । शिल गरिएसँगै साकेला गाउँपालिकामा पालिका प्रवेश गर्न र बाहिरिनमा कडाई गरिएको छ ।

    गाउँपालिकाका अध्यक्ष अर्जुनकुमार खड्काले जारी गरेको सूचनामा आइतबारदेखि नै आफ्नो कार्यालयको आन्तरिक, प्रशासनिक कामकाज र अत्यावश्यक सेवा बाहेक अन्य सेवा प्रवाह बन्द गरिएको जनाइएको छ ।

    यस अघिको हप्ता दिन कार्यालयबाट अघोषित रुपमा सेवा प्रवाहलाई बन्द गरिएकामा आइतबारदेखि भने घोषणा गरेरै अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत मगरले बताए ।

    गाउँपालिकाले यस अवधिमा पालिकाभित्र भिडभाडका बिचमा हुने भोजभतेर, समिक्षा, गोष्ठी, तालिम नगर्न/नगराउन अनुरोध गरेको छ । कोभिड–१९ बाट संक्रमित भेटिएपछि कोभिड संकट व्यवस्थापन समितिको गत बैशाख २५ गते बसेको बैठकको निर्णय अनुसार हप्ता दिनका लागि गाउँपालिकालाई शिल गरिएको थियो । 

    प्रकाशित मिति :जेठ २, २०७८ आइतवार - १८:०५:४६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको