दाङ । कोरोना संक्रमणबाट दाङमा वडाध्यक्षको मृत्यु मृत्यु भएको छ। कोरोना संक्रमणबाट दाङको दंगीशरण गाउँपालिकाका-३ का ६३ वर्षीय वडाध्यक्ष पूणर्बहादुर चौधरीको मृत्यु भएको छ।
एक साताअघि संक्रमण पुष्टि भएका चौधरीको बाँकेको कोहलपुरमा उपचार क्रममा सोमबार बिहान निधन भएको गाउँपालिका अध्यक्ष भागीराम चौधरीले जानकारी दिए। उनी नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए।
वडाध्यक्ष चौधरीको निधनप्रति गाउँपालिकाले दुःख व्यक्त गरेको छ। त्यस्तै तुलसीपुरका अर्का एक जनप्रतिनिधिको पनि निधन भएको छ।