शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

कोरोना संक्रमणबाट २१४ जनाको मृत्यु, ९ हजार २४७ जनामा संक्रमण

कोरोना संक्रमणबाट २१४ जनाको मृत्यु, ९ हजार २४७ जनामा संक्रमण

रोदिक खबर

३, जेठ २०७८
  • 1.6K
    SHARES
  • कोरोना संक्रमणबाट २१४ जनाको मृत्यु, ९ हजार २४७ जनामा संक्रमण

     काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण एकै दिन २१४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार २४७ जनामा संक्रमण पुष्टि भएको छ ।

    पछिल्लो ३ दिन लगातार मृतक संख्या घटे पनि सोमबार पुन: बढेको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार २१५ पुगेको छ ।

    गत शुक्रबार मृतक संख्या २०३, शनिबार १८७ र आइतबार १४५ जना रहेको थियो । पछिल्लो २४ घण्ठामा २१ हजार ६५३ पीसीआर परीक्षणमा ९ हजार १९८ जना र ४३४ एन्टिजेन परीक्षणमा ४९ जना गरी ९ हजार २४७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ४ लाख ६४ हजार २१८ पुगेको छ ।

    जसमध्ये सक्रिय संक्रमितको संख्या एक लाख १३ हजार ४८० पुगेको छ । सक्रिय संक्रमितमध्ये एक लाख ६ हजार ५१० जना होम आइसोलेसनमा छन् भने छ हजार ९७० जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

    त्यस्तै आईसीयूमा एक हजार २५९ जना र भेन्टिलेटरमा चार सय जना रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या पाँच हजार ७६७ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या तीन लाख ५५ हजार २२३ रहेको छ ।

    प्रकाशित मिति :जेठ ३, २०७८ सोमवार - १७:५४:०१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको