खोटाङ । खोटाङका १० संक्रमितले कोभिड–१९ को संक्रमणलाई जितेका छन् । सबैभन्दा बढि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ७ संक्रमितले कोरोना संक्रमण जितेका छन् ।
यस्तै, साकेला गाउँपालिकाका २ जना र जन्तेढुंगा गाउँपालिकाका १ जनाले कोरोना संक्रमण जित्न सफल भएको स्वास्थ्य कार्यालय खोटाङका जनस्वास्थ्य अधिकृत एवं कोभिड फोकल पर्सन आनन्द लामिछानेले बताए । कतियले होमआइसोलेसनमा बसेर तथा कतिपयले संस्थागत आइसोलेसन सेन्टरमा बसेर संक्रमण जितेका हुन् ।
सोमबार दिउँसो ३ बजेसम्मको तथ्यांक अनुसार १० जना संक्रमित निको हुँदा र एक जनाको मृत्यु हुँदा हाल जिल्लामा संक्रिय संक्रमितको संख्या १३५ रहेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत एवं कोभिड फोकल पर्सन लामिछानेले बताए ।