• ट्रेण्डिङ:

खोटाङमा थप ८ जनालाई कोरोना संक्रमण पुष्टि 

खोटाङमा थप ८ जनालाई कोरोना संक्रमण पुष्टि 

रोदिक खबर

३, जेठ २०७८
  • 3.3K
    SHARES
  • खोटाङमा थप ८ जनालाई कोरोना संक्रमण पुष्टि 

    खोटाङमा थप ८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार गरिएको एन्टीजेन परीक्षणमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ६ जना र रावाबेँसी गाउँपालिकाका २ जनालाई संक्रमण पुष्टि भएको हो ।

    सोमबार दिउँसो ३ बजेसम्मको तथ्यांक अनुसार १० जना संक्रमित निको हुँदा र एक जनाको मृत्यु हुँदा हाल जिल्लामा संक्रिय संक्रमितको संख्या १३५ रहेको स्वास्थ्य कार्यालय खोटाङका जनस्वास्थ्य अधिकृत एवं कोभिड फोकल पर्सन आनन्द लामिछानेले बताए । 

    हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ५१ जना, हलेसी तुवाचुङ नगरपालिकामा २८ जना, साकेला गाउँपालिकामा २१ जना, ऐसेलुखर्क गाउँपालिकामा १५ जना, खोटेहाङ गाउँपालिकामा ९ जना, रावाबेँसीमा ५ जना, जन्तेढुंगा गाउँपालिकामा ४ जना र केपिलासगढी गाउँपालिकामा २ जना सक्रिय संक्रमित छन् ।

    सक्रिया संक्रमितमध्ये ११७ जना होमआइसोलेसनमा र १८ जना संस्थागत आइसोलेसनमा उपचाररत छन् । संक्रमितमध्ये ५ जनालाई अन्यत्र रेफर गरिएको लामीछानेले बताए । 

    जिल्लाका स्थानीय सरकार र जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसि)ले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै ‘बाँच्ने र बचाउने’ अभियानमा साथ दिन नागरिकलाई आग्रह गरिरहेको छ । 

    प्रकाशित मिति :जेठ ३, २०७८ सोमवार - १९:४०:५४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको