सुर्खेत । दैलेखमा जिप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । जुम्लाबाट सुर्खेततर्फ जाँदै गरेको बा २० च ७१५ नम्बरको जिप दुल्लु नगरपालिका–३, सियालामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायव उपरिक्षक अनुपम श्रेष्ठले जानकारी दिए ।
प्रनाउ श्रेष्ठका अनुसार दुर्घटनामा परी जिप चालक जुम्लाको गुटिचौर गाउँपालिका–४, का ३८ वर्षीय रामहरि न्यौपाने र गुटिचौर–२ की २७ वर्षीया राज्यलक्ष्मी न्यौपानेको मृत्यु भएको हो ।
दुईजना मात्रै सवार जिप मंगलबार बिहान साढे ६ बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ । सो जिप सडकबाट करिब ५ सय मिटर तल खसेको छ ।