एकै परिवारका दुई बालकको विभत्स हत्या

एकै परिवारका दुई बालकको विभत्स हत्या

रोदिक खबर

४, जेठ २०७८
  • 4.3K
    SHARES
  • एकै परिवारका दुई बालकको विभत्स हत्या

    बारा। बारामा दुई बालकको विभत्स हत्या भएको छ। एकै परिवारका दुई दाजु भाइको घाँटी रेटिएको अवस्थामा शव फेला परेको छ।

    बाराको रंगपुरमा रहेको मदर्शा सल्फिया कन्जुल उलुममा कलैया उपमहानगरपालिका वडा नं– ७ निवासी अब्दुल रसारका दुई छोरा ९ वर्षीय उशमान अन्सारी र ७ वर्षीय अमिन अन्सारीको घाँटी काटिएर हत्या भएको शव भेटिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए।

    उनीहरु सोमबार साँझदेखि बेपत्ता थिए। अब्दुल बैदेशिक रोजगारीका क्रममा विदेशमा छन्। घटनास्थलमा शिल गरी प्रहरीले अनुसन्धान गरीरहेको प्रवक्ता मिश्रले जनाकारी दिए।

    प्रकाशित मिति :जेठ ४, २०७८ मंगलवार - १०:३३:२५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको