शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

कोरोना संक्रमणबाट उपप्रमुख चौधरीको निधन

कोरोना संक्रमणबाट उपप्रमुख चौधरीको निधन

रोदिक खबर

४, जेठ २०७८
  • 1.7K
    SHARES
  • कोरोना संक्रमणबाट  उपप्रमुख  चौधरीको निधन

    सप्तरीको उत्तरी भेगमा रहेको सप्तकोशी नगरपालिकाका उपप्रमुख आशा चौधरीको कोरोना संक्रमणका कारण आज मृत्यु भएको छ । विराटनगरस्थित विराट नर्सिङहोममा उपचाररत उनको अस्पतालमै मृत्यु भएको कञ्चनरुप नगरपालिका निवासी उत्तम आचार्यले जानकारी दिए ।

    दुई साताअघि ज्वरो, रुघाखोकी तथा श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई स्थानीय स्वास्थ्यचौकीमा भर्ना गरिएको थियो । त्यसपछि एन्टिजेन परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले बताए ।

    गर्भवतीसमेत रहेकी उनलाई १० दिनअघि अस्पताल भर्ना गरी आईसीयूमा राखिएको थियो । तीन दिनअघि मात्रै उनको पेटमा भएको बच्चा पनि मृतावस्थामा निकालिएको थियो । बच्चाका कारण पनि उनलाई थप असहज भएको स्वास्थ्यकर्मीको भनाइ छ ।

    उपचारका क्रममा पनि स्वास्थ्यमा सुधार नआएपछि उनलाई भेन्टिलेटरमा सारिएको थियो । मृतक चौधरीका पति र सात वर्षीय एक छोरा छन् । यससहित सप्तकोशीमा कोरोनाका कारण मृत्यु हुनेको संख्या तीन पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । रासस

    प्रकाशित मिति :जेठ ४, २०७८ मंगलवार - १५:४२:४९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको