• ट्रेण्डिङ:

नेपालमा कोरोनाको नयाँ भेरियन्ट पत्ता लाग्यो, धेरै संक्रामक र जोखिमपूर्ण'

नेपालमा कोरोनाको नयाँ भेरियन्ट पत्ता लाग्यो, धेरै संक्रामक र जोखिमपूर्ण'

रोदिक खबर

४, जेठ २०७८
  • 3.1K
    SHARES
  • नेपालमा कोरोनाको नयाँ भेरियन्ट पत्ता लाग्यो, धेरै संक्रामक र जोखिमपूर्ण'

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा थप नयाँ भेरियन्ट पत्ता लागेको बताएको छ । देशका विभिन्न भागबाट कोभिड–१९ का संक्रमितहरुका ३५ वटा नमूनालाई विश्व स्वास्थ्य संगठनको समन्वयमा भारतमा गरिएको जिन स्क्विन्सिङमा ९७ प्रतिशत अर्थात् ३४ वटा नमुनामा बी १.६१७.२ र तीन प्रतिशत अर्थात् एउटा नमुनामा बी १.६१७.१ पुष्टि भएको छ ।  

    डा. समिरकुमार अधिकारीका अनुसार ९७ प्रतिशतमा पाइएको भारतीय भेरियन्ट हाे भने तीन प्रतिशतमा पाइएको बेलायती भेरियन्ट हाे ।

    योसँगै नेपालमा परिवर्तित भाइरससहित तीन किसिमका भेरियन्ट रहेको पुष्टि भएको स्वास्थ्य मन्त्रालयको भनाइ छ । विश्व स्वास्थ्य संगठनले नयाँ भेरियन्टलाई ‘भेरियन्ट अफ कन्सर्न’ भनेको थियो । नयाँ भेरियन्ट सबै उमेर समूहमा धेरै संक्रामक रहेको अध्ययनहरुबाट पाइएको डा. अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

    Health-ministry-new-varient.jpg

    प्रकाशित मिति :जेठ ४, २०७८ मंगलवार - २१:४१:२५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको