• ट्रेण्डिङ:

दिप्रुङमा चार जनालाई कोरोना संक्रमण पुष्टि, स्वास्थ्य सावधानी अपनाउन गाउँपालिकाको अपिल

दिप्रुङमा चार जनालाई कोरोना संक्रमण पुष्टि, स्वास्थ्य सावधानी अपनाउन गाउँपालिकाको अपिल

रोदिक खबर

५, जेठ २०७८
  • 3.6K
    SHARES
  • दिप्रुङमा चार जनालाई कोरोना संक्रमण पुष्टि, स्वास्थ्य सावधानी अपनाउन गाउँपालिकाको अपिल

    खोटाङ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका चार जनालाई कोभिड–१९ संक्रमण पुष्टि भएको छ । गाउँपालिकामा बुधवार सात जनाको एन्टीजेन परीक्षण गर्दा चार जनालाई कोभिड–१९ संक्रमण पुष्टि भएको हो । 

    दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ का ३१, २५, २५ वर्षका तीन जना पुरुष र दिप्रुङ चुईचुम्मा गाउँपालिका–३ का ४६ वर्षका एक पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको आइटी अफिसर मणीचन्द्र राईले जानकारी दिए ।

    संक्रमितमध्ये १ जनालाई कोभिड अस्पतालको आइसोलेसनमा तथा ३ जनालाई होम आइसोलेसनमा राखिएको गाउँपालिका अध्यक्ष भुपेन्द्र राईले बताए । 

    गाउँपालकाले सूचना जारी गर्दै गाउँपालिकावासीलाई स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै ‘बाँच्ने र बचाउने’ अभियानमा साथ दिन र स्वास्थ्य सावधानी अपनाउन हार्दिक अपिल पनि गरेको छ । सामाजिक दुरी कायम गरौं, आफू, समाज र राष्ट्रलाई कोभिड १९ बाट बचाऔ । 

    पछिल्लो समय जिल्लामा दिनानुदिन कोभिड–१९ संक्रमित भेटिन थालेका छन् । पिसिआर तथा एन्टीजेन परीक्षणको दायरा बढाउने हो भने संक्रमितको संख्या अरु बढ्ने अनुमान गरिएको छ ।

    प्रकाशित मिति :जेठ ५, २०७८ बुधवार - ०८:३४:१७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको