काठमाडौं । कोरोना भाइरस संक्रमणबाट एकै दिन २४६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ८ हजार १ सय ७३ जनामा संक्रमण पुष्टि हुँदा ७ हजार ९ सय ८९ जना संक्रमणमुक्त भएका छन्। संक्रमित हुने संख्या स्थिर देखिएपनि पछिल्लो पटक संक्रमणमुक्त हुनेको संख्या भने बढ्दै गएको छ।
देशभर गत २४ घण्टामा थपिएका कोरोना संक्रमित र संक्रमणमुक्त हुनेको संख्या बराबर जस्तै पुगेको छ। कोरोना संक्रमणबाट एकै दिन मृत्यु हुने यो संख्या अहिलेसम्मकै उच्च हो ।
यसअघि वैशाख २८ गते २२५ जनाको मृत्यु भएको थियो । पीसीआर विधिबाट ८ हजार ६४ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १०९ गरी ८ हजार १७३ जना संक्रमित भेटिएका हुन् ।