• ट्रेण्डिङ:

कोरोना संक्रमणबाट डीएसपी केसीको निधन

कोरोना संक्रमणबाट डीएसपी केसीको निधन

रोदिक खबर

६, जेठ २०७८
  • 4.9K
    SHARES
  • कोरोना संक्रमणबाट डीएसपी केसीको निधन

    काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत डीएसपी राजकुमार केसीको कोरोना संक्रमणबाट निधन भएको छ । बिहीबार बिहान नेपाल प्रहरी अस्पतालमा उपचारको क्रममा उनको निधन भएको नेपाल प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।

    २ हप्ता अगाडि उनलाई संक्रमण पुष्टि भएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई प्रहरी अस्पतालमा भर्ना गरिएको थियो ।

    महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत मृतक केसी प्रहरी संगठन भित्र इमान्दार, दक्ष र कर्तव्यनिष्ठ प्रहरी अधिकारीको रुपमा चिनिन्छन् । उनी कागेश्वरी मनोहरा नगरपालिका मूलपानी स्थायी घर भएका व्यक्ति हुन् । 

    प्रकाशित मिति :जेठ ६, २०७८ बिहिवार - ०८:०८:५७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको