• ट्रेण्डिङ:

‘तपाईको मास्क खै ?’ (फोटो फिचर)

‘तपाईको मास्क खै ?’ (फोटो फिचर)

रोदिक खबर

१३, भाद्र २०७७
  • 7.0K
    SHARES
  • ‘तपाईको मास्क खै ?’ (फोटो फिचर)

    खोटाङ । दिनानुदिन कोरोना भाइरसको जोखिम बढिरहेका बेला खोटाङमा ‘तपाईको मास्क खै ?’ अभियानलाई जारी राखिएकोे छ । लकडाउन हटेपछि मास्कको प्रयोगमा बेवास्ता गर्दा कोरोना संक्रमण फैलिने त्रास झन् बढेर गएको भन्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाल रेडक्रस सोसाइटी र खोटाङ उद्योग वाणिज्य संघले ‘तपाईको मास्क खै ?’ अभियान जारी राखेका हुन् ।

    max1.jpg

    अभियानमा निस्किएको टोलीले मास्क नलगाएका स्थानीयलाई मास्क वितरण गर्दै नियमित मास्क लगाउनका लागि आग्रह गरेका थिए ।

    max.jpg

    यस्तै, मास्क बोकेका तर नलगाएका वा मास्क लगाएपनि च्यापुमा अड्याएका स्थानीयलाई समेत सही ठाउँमा मास्क लगाउन सल्लाह दिएका थिए । संयुक्त अभियानलाई निरन्तरता दिइने प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए ।

    max4.jpg

    र्‍यालीमा निस्किएको टोलीले शनिवार जिल्ला समन्वय समितिदेखि रत्नपार्क (किरातचोक) सम्म र्‍याली सहित स्थानीयलाई सन्देशमूलक पर्चा तथा मास्क वितरण गरेको जनाएको छ । 

    max5.jpgmax2.jpg

    प्रकाशित मिति :भाद्र १३, २०७७ शनिवार - ०९:५५:३७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको