• ट्रेण्डिङ:

खोटाङमा एकै दिन थप ५५ जनालाई कोरोना संक्रमण पुष्टि, जिल्लामा सक्रिय संक्रमितको संख्या २५९ पुग्यो

खोटाङमा एकै दिन थप ५५ जनालाई कोरोना संक्रमण पुष्टि, जिल्लामा सक्रिय संक्रमितको संख्या २५९ पुग्यो

रोदिक खबर

६, जेठ २०७८
  • 3.1K
    SHARES
  • खोटाङमा एकै दिन थप ५५ जनालाई कोरोना संक्रमण पुष्टि, जिल्लामा सक्रिय संक्रमितको संख्या २५९ पुग्यो

    खोटाङ । खोटाङमा थप ५५ जनालाई कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । बिहिबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ३२ जना, ऐसेलुखर्क गाउँपालिकाका २२ जना र हलेसी तुवाचुङ नगरपालिकाका १ जनालाई कोभिड–१९ को संक्रमण पुष्टि भएको हो ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट १७३ जनाको नमूना पिसिआर परीक्षणमा पठाइएकामा बिहिबार ५४ जनाको रिपोर्ट आउँदा ३२ जनालाई संक्रमण देखिएको हो । अझै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ११९ जनाको पिसिआर परीक्षणको रिपोर्ट आउन बाँकी छ ।

    यससँगै जिल्लामा सक्रिय संक्रमितको संख्या २५९ पुगेको स्वास्थ्य कार्यालय खोटाङका जनस्वास्थ्य अधिकृत एवं कोभिड फोकल पर्सन आनन्द लामिछानेले बताए । हालसम्म जिल्लामा १ जना संक्रमितको मृत्यु हुँदा १७ जना संक्रमितले कोभिड–१९ लाई जितिसकेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ९ जना, साकेला गाउँपालिकाका ७ जना र जन्तेढुंगा गाउँपालिकाका १ जनाले कोभिड–१९ लाई जितेका छन् । दिक्तेलका २ जनाले बिहिबार कोभिड–१९ जितेका हुन् ।

    हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ८६ जना, हलेसी तुवाचुङ नगरपालिकामा ४३ जना, ऐसेलुखर्क गाउँपालिकामा ४० जना, जन्तेढुंगा गाउँपालिकामा २६ जना, रावाबेँसी गाउँपालिकामा २० जना, साकेला गाउँपालिकामा १६ जना, खोटेहाङ गाउँपालिकामा १२ जना, केपिलासगढी गाउँपालिकामा १० जना र दिप्रुङ चुईचुम्मा गाउँपालिकामा ६ जना सक्रिय संक्रमित छन् । 
    सक्रिय संक्रमितमध्ये २३६ जना होमआइसोलेसनमा, १५ जना संस्थागत आइसोलेसनमा र ८ जनालाई थप उपचारका लागि अन्यत्र रेफर गरिएको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत एवं कोभिड फोकल पर्सन लामिछानेले बताए ।

    जिल्लाका स्थानीय सरकार र जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसि) ले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै ‘बाँच्ने र बचाउने’ अभियानमा साथ दिन नागरिकलाई आग्रह गरिरहेको छ । 

    प्रकाशित मिति :जेठ ६, २०७८ बिहिवार - १९:५३:३३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको