• ट्रेण्डिङ:

खोटाङका १७ संक्रमितले जिते कोरोना संक्रमण

खोटाङका १७ संक्रमितले जिते कोरोना संक्रमण

रोदिक खबर

६, जेठ २०७८
  • 3.0K
    SHARES
  • खोटाङका १७ संक्रमितले जिते कोरोना संक्रमण

    खोटाङ । खोटाङका १७ संक्रमितले कोभिड–१९ कोरोना संक्रमणलाई जितेका छन् । सबैभन्दा बढि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ९ संक्रमितले कोरोना संक्रमण जितेका छन् । साकेला गाउँपालिकाका ७ जना र जन्तेढुंगा गाउँपालिकाका १ जनाले कोरोना संक्रमण जित्न सफल भएको स्वास्थ्य कार्यालय खोटाङका जनस्वास्थ्य अधिकृत एवं कोभिड फोकल पर्सन आनन्द लामिछानेले बताए ।

    कतियले होमआइसोलेसनमा बसेर तथा कतिपयले संस्थागत आइसोलेसन सेन्टरमा बसेर संक्रमण जितेका हुन् । हालसम्म जिल्लामा १ जना संक्रमितको मृत्यु हुँदा १७ जना संक्रमितले कोभिड–१९ लाई जितिसकेका छन् । जिल्लामा सक्रिय संक्रमितको संख्या २५९ पुगेको स्वासथ्य कार्यालयले जनाएको छ । 

    हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ८६ जना, हलेसी तुवाचुङ नगरपालिकामा ४३ जना, ऐसेलुखर्क गाउँपालिकामा ४० जना, जन्तेढुंगा गाउँपालिकामा २६ जना, रावाबेँसी गाउँपालिकामा २० जना, साकेला गाउँपालिकामा १६ जना, खोटेहाङ गाउँपालिकामा १२ जना, केपिलासगढी गाउँपालिकामा १० जना र दिप्रुङ चुईचुम्मा गाउँपालिकामा ६ जना सक्रिय संक्रमित छन् । 
    सक्रिय संक्रमितमध्ये २३६ जना होमआइसोलेसनमा, १५ जना संस्थागत आइसोलेसनमा र ८ जनालाई थप उपचारका लागि अन्यत्र रेफर गरिएको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत एवं कोभिड फोकल पर्सन लामिछानेले बताए ।

    जिल्लाका स्थानीय सरकार र जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसि) ले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै ‘बाँच्ने र बचाउने’ अभियानमा साथ दिन नागरिकलाई आग्रह गरिरहेको छ । 

    प्रकाशित मिति :जेठ ६, २०७८ बिहिवार - २०:१८:५८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको