खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिमा थप ४५ जनालाई कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले जेठ २ गते १७३ जनाको नमूना पिसिआर परीक्षणमा पठाइएकोमा शुक्रवार ११६ जनाको रिपोर्ट आउँदा ४५ जना संक्रमण पुष्टि भएको हो ।
बिहिबार ५४ जनाको रिपोर्ट आउँदा आउँदा ३५ जनामा संक्रमण पुष्टि भएको हो । अझै ३ जनाको पिसिआर परीक्षणको रिपोर्ट आउन बाँकी रहेको नगरप्रमुख दिपनारायण रिजालको सचिवालयले जनाएको छ । १७० जनाको पिसिआर परीक्षण गर्दा ८० जना संक्रमण पुष्टि भएको हो ।
नगरमा संक्रमण बढेसँगै नगरपालिकाले स्वास्थ्यका मापदण्डहरु अपनाइ उच्च स्वास्थ्य सतर्कताका साथ घरमै बस्नुहुन सम्पूर्ण नगरवासीहरुमा अनुरोध छ । सचेत बनौ ! आफू पनि बचौ !! अरुलाई पनि बचाऔ !!