• ट्रेण्डिङ:

खोटाङ उद्योग वाणिज्य संघद्वारा प्रहरीलाई मास्क र सेनिटाइजर प्रदान

खोटाङ उद्योग वाणिज्य संघद्वारा प्रहरीलाई मास्क र सेनिटाइजर प्रदान

रोदिक खबर

८, जेठ २०७८
  • 1.6K
    SHARES
  • खोटाङ उद्योग वाणिज्य संघद्वारा प्रहरीलाई मास्क र सेनिटाइजर प्रदान

    खोटाङ ।   खोटाङ उद्योग वाणिज्य संघले प्रहरीलाई मास्क र सेनीटाइजर प्रदान गरेको छ । आफ्नो ज्यान जोखिममा राखेर मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल–जयराम सडक खण्डका विभिन्न स्थानमा नागरिकको स्वास्थ्य सुरक्षार्थ खटिएका प्रहरीलाई वाणिज्य संघले करिब तीन/तीन सय मास्क र एक/एक बोत्तल सेनीटाइजर प्रदान गरेको हो ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालय, सामुदायिक सेवा केन्द्र, प्रहरीचौकी नुनथला, प्रहरीचौकी अर्खौले, इलाका प्रहरी कार्यालय हलेसी र प्रहरीचौकी च्यास्मीटारलाई स्वास्थ्य सामग्री प्रदान गरिएको वाणिज्य संघका अध्यक्ष उपिनकुमार राईले बताए ।

    वाणिज्य संघले सामाजिक उत्तरदायित्व वहन गर्नेक्रममा अग्रभागमा खटिएका प्रहरीको स्वास्थ्य सुरक्षाका लागि सुरक्षा सामग्री प्रदान गरेको हो । जिल्ला प्रहरी कार्यालयलाई पनि मास्क प्रदान गर्ने तयारी गरिएको वाणिज्य संघले जनाएको छ ।

    प्रकाशित मिति :जेठ ८, २०७८ शनिवार - १४:१७:३४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको