दिप्रुङ चुइचुम्मा गाउँपालिकाका अध्यक्ष एबं कोभिड संक्रमण तथा नियन्त्रण कार्यदलका संयोजक भूपेन्द्र राईको संयोजकत्वमा बसेको बैठकले एन्टीजेन परीक्षण तालिका बनाएको छ ।
वडा–वडामा पुगेर एन्टीजेन परिक्षणको व्यवस्था गर्ने र परीक्षणको दायरा फराकिलो पार्ने लक्ष्यका साथ गाउँपालिकाले जेठ ९ गतेदेखि जेठ १२ गतेसम्म एन्टीजेन परीक्षणका लागि समय तालिका बनाएको हो ।
बैठकले जेठ ९ गतेका दिन दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्माका लागि जयसरस्वती प्राविमा र दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाका लागि अस्थायी कोभिड अस्पतालमा याम्खामा, दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँ र दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सप्तेश्वर छितापोखरीमा जेठ १० गते, दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ छोरम्बु र दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेका लागि जेठ ११ गते तथा दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीमा जेठ १२ गते एन्टीजेन परीक्षण तालिका तय गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत मुस्ताक अहमद मन्सुरीले जानकारी दिए।