• ट्रेण्डिङ:

ऐसेलुखर्कमा कोरोना विरुद्ध लड्न कार्य विभाजन 

ऐसेलुखर्कमा कोरोना विरुद्ध लड्न कार्य विभाजन 

रोदिक खबर

८, जेठ २०७८
  • 4.4K
    SHARES
  • ऐसेलुखर्कमा कोरोना विरुद्ध लड्न कार्य विभाजन 

    खोटाङ ।  कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि खोटाङको ऐसेलुखर्क गाउँपालिकाले कार्य विभाजन गरेको छ । कोभिड–१९ विरुद्धको ‘आफु बाँच्ने र अरुलाई बचाउने’ अभियानलाई सरल, सहज र प्रभावकारी बनाउनका लागि गाउँपालिकाले चालकदेखि स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी र जनप्रतिनिधि बिचमा जिम्मेवारी बाँडफाँड गरेको हो ।

    गाउँपालिकाले पिसिआर परीक्षणका लागि स्वाव संकलन, एन्टीजेन टेष्ट तथा कोभिड बिरामीका लागि अक्सिजन र आइसोलेसन व्यवस्थापनका लागि प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कका डा. टेकनारायण श्रेष्ठ, ल्यावका उमेश आचार्य र स्वास्थ्य संयोजक रामकाजी नेपाललाई जिम्मेवारी दिएको छ । 

    यस्तै, कोभिड सम्वन्धी परामर्श सेवा लिन, होमआइसोलेसन तथा उपचार सेवा सम्वन्धी सेवाका लागि डा. श्रेष्ठ, सिनियर अहेव निर्मला शर्मा, सिनियर अनमी सर्किनी शेर्पा र अहेव बिमल राजभण्डारीलाई जिम्मेवारी तोकिएको गाउँपालिका अध्यक्ष विश्वनाथ निरौलाले बताए ।

    गाउँपालिकाभित्र क्वारेन्टिनमा बस्न र कन्ट्याक्ट ट्रेसिङ गर्न स्थानीयवासीसँग समन्वय, सहजीकरण र सोधपुछका लागि स्वास्थ्य शाखा प्रमुख नेपाल र ७ वडाका वडाध्यक्षलाई सम्पर्क व्यक्ति तोकिएको छ ।

    यस्तै, गर्भवती, सुत्केरी र अन्य आकस्मिक बिरामीले सेवा लिन र अस्पताल जान परेमा स्वास्थ्य शाखा प्रमुख नेपाल, सिनियर अनमी शेर्पा, अनमी टेनिसा राई, अनमी प्रेयंका राई र एम्बूलेन्स चालक हरिनारायण राईलाई सम्पर्क गर्न सकिने गाउँपालिकाले जनाएको छ ।

    दिर्घ रोगीहरुको औषधि सेवन गर्न समस्या भएमा डा. श्रेष्ठ, सिअहेव शर्मा, अहेव नारायण श्रेष्ठ र अहेव बिमल राजभण्डारीलाई सम्पर्क गर्न भनिएको छ । 

    यस्तै, शान्ति सुरक्षा, भिडभाड नियन्त्रण र सवारी साधन व्यवस्थापनको जिम्मा इलाका प्रहरी कार्यालय ऐसेलुखर्कका प्रहरी निरिक्षक राजेन्द्रकुमार पौडेललाई र विद्यालय व्यवस्थापन, बैकल्पिक सिकाई सहजीकरणको जिम्मा शिक्षा अधिकृत बिनेश श्रेष्ठलाई दिइएको गाउँपालिका अध्यक्ष निरौलाले बताए ।

    यस्तै, गाउँपालिकाको आवश्यक प्रशासनिक, प्राविधिक तथा आर्थिक कार्य सहजीकरणका लागि प्रशासन तथा योजना अधिकृत नवराज खत्री, इन्जिनियर वावुुराम राउत र लेखा प्रमुख पंकज आचार्यलाई जिम्मेवारी तोकिएको छ । कोभिड–१९ विरुद्धको समग्र व्यवस्थापन र जवाफदेही व्यक्तिका रुपमा गाउँपालिका अध्यक्ष निरौला र उपाध्यक्ष पुष्पकला भुजेललाई तोकिएको छ । 

    नियमित खोप सेवा स्थगित 

    कोभिड–१९ को महामारीका कारण ऐसेलुखर्क गाउँपालिकाको नियमित खोप सेवा स्थगित भएको छ । हरेक महिनाको १०, ११ र १२ गते सञ्चालन हुँदै आएको नियमित खोप सेवा कोभिड–१९ को महामारीका कारण स्थगित गरिएको हो ।

    गाउँपालिकाका स्वास्थ्य संयोजक रामकाजी नेपालले शनिबार सूचना जारी गर्दै वडा कार्यालय र स्वास्थ्य संस्थालाई नियमित खोप सेवा स्थगित गरिएको जानकारी दिएका हुन् । 

    प्रकाशित मिति :जेठ ८, २०७८ शनिवार - २०:५१:०० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको