• ट्रेण्डिङ:

खोटाङका २९ संक्रमितले जिते कोरोना 

खोटाङका २९ संक्रमितले जिते कोरोना 

रोदिक खबर

९, जेठ २०७८
  • 3.1K
    SHARES
  • खोटाङका २९ संक्रमितले जिते कोरोना 

    खोटाङ । खोटाङका २९ जना संक्रमितले कोरोना जितेका छन् । शनिबारसम्ममा जिल्लामा संक्रमितको संख्या चार सय नाघ्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका २० जना, साकेला गाउँपालिकाका ७ जना, हलेसी तुवाचुङ नगरपालिकाका १ जना र जन्तेढुंगा गाउँपालिकाका १ जनाले कोभिड–१९ को संक्रमण जितेको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले जानकारी दिए । 

    आइतबार ९२ जनालाई संक्रमण पुष्टि हुँदा जिल्लामा सक्रिय संक्रमितको संख्या ४२९ पुगेको छ । हालसम्म दुई संक्रमितको मृत्यु भइसकेको छ ।

    आइतबारको एन्टीजेन र पिसिआर परीक्षणको रिपोर्ट अनुसार साकेला गाउँपालिकामा ३२ जना, रावाबेँसी गाउँपालिकामा १८ जना, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा १४ जना, जिल्ला अस्पतालमा ७ जना, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ६ जना, हलेसी तुवाचुङ नगरपालिकामा ५ जना, खोटेहाङ गाउँपालिकामा ५ जना, केपिलासगढी गाउँपालिकामा ४ जना र जन्तेढुंगा गाउँपालिकामा १ जनालाई संक्रमण पूष्टि भएको स्वास्थ्य कार्यालय खोटाङले जनाएको छ । 

    जिल्लाका स्थानीय सरकार र जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसि)ले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै ‘बाँच्ने र बचाउने’ अभियानमा साथ दिन नागरिकलाई आग्रह गरिरहेको छ । 

    प्रकाशित मिति :जेठ ९, २०७८ आइतवार - २०:२२:२९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको