• ट्रेण्डिङ:

नेपाल पत्रकार महासंघ खोटाङद्वारा पत्रकारलाई स्वास्थ्य सामग्री 

नेपाल पत्रकार महासंघ खोटाङद्वारा पत्रकारलाई स्वास्थ्य सामग्री 

रोदिक खबर

१०, जेठ २०७८
  • 2.9K
    SHARES
  • नेपाल पत्रकार महासंघ खोटाङद्वारा पत्रकारलाई स्वास्थ्य सामग्री 

    नेपाल पत्रकार महासंघ खोटाङले पत्रकारलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । कोभिड–१९ को महामारीकाबीचमा जोखिम मोलेर समाचार संकलन गर्दै सम्प्रेषण गरिरहेका पत्रकारलाई महासंघले मास्क, सेनीटाइजर, हेडशिल, ग्लोब्स, सिटामोल, जीवनजल लगायतका स्वास्थ्य सामग्री वितरण  गरेको हो ।

    नेकपा एमाले खोटाङका अध्यक्ष रामप्रसाद दंगालको समन्वयमा सामाजिक विकास मन्त्रालयद्वारा  १० बोत्तल सेनीटाइजर, ६ सय पिस मास्क, ग्लोब्स २ सय पिस, २ थान थर्मल गन, ४ पिस हेडशिल, सिटामोल, जीवनजल लगायतका स्वास्थ्य सामग्री उपलव्ध गराएपछि पत्रकारलाई वितरण गरिएको महासंघका अध्यक्ष दिलीप खत्रीले बताए । महासंघले यसअघि पनि स्वास्थ्य कार्यालय खोटाङबाट जुटाएर पत्रकारलाई स्वास्थ्य सामग्री वितरण गरेको थियो । 

    प्रकाशित मिति :जेठ १०, २०७८ सोमवार - १२:२६:१५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको