• ट्रेण्डिङ:

संक्रमितलाई अस्पताल पुर्‍याउन साँढे तीन लाखमा हेलीकोप्टर चार्टर 

संक्रमितलाई अस्पताल पुर्‍याउन साँढे तीन लाखमा हेलीकोप्टर चार्टर 

रोदिक खबर

१०, जेठ २०७८
  • 14.7K
    SHARES
  • संक्रमितलाई अस्पताल पुर्‍याउन साँढे तीन लाखमा हेलीकोप्टर चार्टर 

    खोटाङ । खोटाङका एक संक्रमितलाई थप उपचारका लागि हेलीकोप्टर चार्टर गरेर काठ्माण्डौं पठाइएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका ६४ वर्षका पुरुषलाई साँढे तीन लाखमा हेलीकोप्टर चार्टर गरेर काठ्माण्डौं पठाइएको हो ।

    कोभिड–१९ को संक्रमण पुष्टि भएको केही हप्तापछि शरीरमा अक्सिजनको मात्रा कम देखिएपछि उनलाई सोमबार महंगो शुल्क तिरेर हेलीकोप्टर चार्टर गरेर थप उपचारका लागि काठ्माण्डौं पठाइएको हो ।

    जिल्ला अस्पतालमा उपचार गर्दा पनि ठीक नभएपछि संक्रमितलाई हेलीकोप्टर चार्टर गरेर पठाइएको वडा सदस्य प्रकाशकुमार श्रेष्ठले बताए । उनलाई १०/१२ दिनअघि कोभिड–१९ को संक्रमण पुष्टि भएको थियो । 

    हाल जिल्लामा कोभिड–१९ बाट संक्रमित स्वास्थ्यमा जटिल समस्या निम्तिएको अवस्थामा महंगो शुल्क तिरेर हेलीकोप्टर चार्टर गर्न बाध्य छन् ।

    गत जेठ ५ गते ऐसेलुखर्कका गाउँपालिका–३ ऐसेलुखर्कका एकै परिवारका तीन संक्रमितलाई तीन लाख २० हजारमा हेलीकोप्टर चार्टर गरेर काठ्माण्डौं लगिएको थियो । हालसम्म जिल्लामा संक्रमितको संख्या साँढे चार सयको हाराहारीमा पुगिसकेको छ ।    

    प्रकाशित मिति :जेठ १०, २०७८ सोमवार - १३:२०:४९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको