• ट्रेण्डिङ:

दिप्रुङका एक संक्रमितले जिते कोरोना, फूलमाला सहित गाउँपालिका अध्यक्ष राई र स्वास्थ्यकर्मीले गरे बिदाई 

दिप्रुङका एक संक्रमितले जिते कोरोना, फूलमाला सहित गाउँपालिका अध्यक्ष राई र स्वास्थ्यकर्मीले गरे बिदाई 

रोदिक खबर

११, जेठ २०७८
  • 4.8K
    SHARES
  • दिप्रुङका एक संक्रमितले जिते कोरोना, फूलमाला सहित गाउँपालिका अध्यक्ष राई र स्वास्थ्यकर्मीले गरे बिदाई 

    खोटाङ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले कोभिड–१९ को संक्रमणबाट निको भएका युवालाई फूलमाला र अबिर लगाएर बिदाइ गरेको छ । कोभिड–१९ बाट संक्रमित भएपछि अस्थायी कोभिड अस्पतालको आइसोलेसनमा राखिएका दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खा युवा सरगम राईलाई संक्रमणमुक्त भएकामा फूलमाला र अबिर लगाएर घर पठाइएको हो ।

    उपचारका लागि याम्खास्थित अस्थायी कोभिड अस्पतालमा राखिएका राईको मंगलबार गरिएको एन्टीजेन परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि गाउँपालिका अध्यक्ष भूपेन्द्र राई, डा. प्रमोद चौधरी, स्वास्थ्यकर्मी लगायतले फूलमाला र अविर लगाएर बिदाइ गरेका हुन् । राई गाउँपालिकाको पहिलो संक्रमित र पहिलो कोरोना बिजेता बनेका छन् । 

    गाउँपालिकाको सव–ओभरसियरका रुपमा कार्यरत राईलाई गत जेठ ५ गते संक्रमण पुष्टि भएको थियो । ७ वडा रहेको गाउँपालिकामा हाल सक्रिया संक्रमितको सख्या ४७ जना पुगेको अध्यक्ष राईले बताए । संक्रमितमध्ये ४५ जना होमआइसोलेसनमा र ३ जना स्वास्थ्य संस्थामा सामान्य उपचारमा रहेको गाउँपालिकाले जनाएको छ ।

    १० स्थानीय तह रहेको खोटाङमा हालसम्म ५६ जना संक्रमितले कोभिड–१९ को संक्रमण जितिसकेका छन् । हालसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा २७ जना, साकेला गाउँपालिकामा १२ जना, हलेसी तुवाचुङ नगरपालिकामा ११ जना, खोटेहाङ गाउँपालिकामा ४ जना र जन्तेढुंगा गाउँपालिकामा १ जनाले संक्रमण जितेका हुन् । दुई संक्रमितको मृत्यु हुँदा हाल जिल्लामा सक्रिय संक्रमितको संख्या ४७४ पुगेको छ ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा १४४ जना, हलेसी तुवाचुङ नगरपालिकामा ५७ जना, ऐसेलुखर्क गाउँपालिकामा ५६ जना, साकेला गाउँपालिकामा ४७ जना, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा ४७ जना, जन्तेढुंगा गाउँपालिकामा ४५ जना, रावाबेँसी गाउँपालिकामा ४२ जना, खोटेहाङ गाउँपालिकामा २० जना, केपिलासगढी गाउँपालिकामा १४ जना र बराहपोखरी गाउँपालिकामा २ जना सक्रिया संक्रमित छन् । 

     

    प्रकाशित मिति :जेठ ११, २०७८ मंगलवार - १४:२२:१५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको