खोटाङ । खोटाङका ५६ संक्रमितले कोभिड–१९ कोरोना संक्रमणलाई जितेका छन् । १० स्थानीय तह रहेको खोटाङमासबैभन्दा बढि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका २७ संक्रमितले कोरोना संक्रमण जितेका छन् ।
साकेला गाउँपालिकाका १२ जना, हलेसी तुवाचुङ नगरपालिकामा ११ जना, खोटेहाङ गाउँपालिकामा ४ जना र जन्तेढुंगा गाउँपालिकामा १ जनाले संक्रमण जितेका हुन् । दुई संक्रमितको मृत्यु हुँदा हाल जिल्लामा सक्रिय संक्रमितको संख्या ४७४ पुगेको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा १४४ जना, हलेसी तुवाचुङ नगरपालिकामा ५७ जना, ऐसेलुखर्क गाउँपालिकामा ५६ जना, साकेला गाउँपालिकामा ४७ जना, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा ४७ जना, जन्तेढुंगा गाउँपालिकामा ४५ जना, रावाबेँसी गाउँपालिकामा ४२ जना, खोटेहाङ गाउँपालिकामा २० जना, केपिलासगढी गाउँपालिकामा १४ जना र बराहपोखरी गाउँपालिकामा २ जना सक्रिय संक्रमित छन् ।