• ट्रेण्डिङ:

बराहपोखरी गाउँपालिकाले दैनिक दुई घण्टा एन्टीजेन परीक्षणको व्यवस्था 

बराहपोखरी गाउँपालिकाले दैनिक दुई घण्टा एन्टीजेन परीक्षणको व्यवस्था 

रोदिक खबर

१२, जेठ २०७८
  • 3.7K
    SHARES
  • बराहपोखरी गाउँपालिकाले दैनिक दुई घण्टा एन्टीजेन परीक्षणको व्यवस्था 

    बराहपोखरी गाउँपालिकाले दैनिक दुई घण्टा एन्टीजेन परीक्षणको व्यवस्था मिलाएको छ । कोभिड–१९ को संक्रमण आशंका गरिएका स्थानीयको एन्टीजेन परीक्षणका लागि बालकन्या माबि धर्तुङमा स्थापना गरिएको १० बेडको अस्थायी कोभिड अस्पतालमा मेडिकल टिमको व्यवस्था गरिएको छ ।

    मंगलबारदेखि विदाको दिन बाहेक दैनिक बिहान १२ बजेदेखि दिउँसो २ बजेसम्म एन्टीजेन परीक्षणका लागि डा. अजितराज पंडित, सिनियर अहेव शत्रुधनप्रसाद गौतम, स्टाफनर्स सलिना गौतम, ल्याव असिस्टेन्ट गीता राई लगायतलाई परिचालन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वनले बताए । 

    कोभिड–१९ विरुद्धको अभियान सफल बनाउनका लागि गाउँपालिकाभित्रका प्रहरीचौकीलाई निगरानी गर्न र वडा कार्यालयलाई आवश्यक समन्वयकारी भूमीका निर्वाहका लागि जिम्मेवारी दिइएको गाउँपालिकाले जनाएको छ । 

    प्रकाशित मिति :जेठ १२, २०७८ बुधवार - १२:१६:५४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको