शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

पत्रकार आपतकालीन सहायता कोषमा चार दिनमा एक लाख ७० हजार बढि रकम जम्मा

पत्रकार आपतकालीन सहायता कोषमा चार दिनमा एक लाख ७० हजार बढि रकम जम्मा

रोदिक खबर

१३, जेठ २०७८
  • 3.4K
    SHARES
  • पत्रकार आपतकालीन सहायता कोषमा चार दिनमा एक लाख ७०  हजार  बढि रकम जम्मा

    खोटाङ । नेपाल पत्रकार महासंघ खोटाङ शाखाले स्थापना गरेको पत्रकार आपतकालीन सहायता कोषमा चार दिनमै एक लाख ७० हजारभन्दा बढि रकम जम्मा भएको छ । महासंघको गत जेठ ९ गतेको निर्णय अनुसार जिल्लामा क्रियासिल पत्रकारको हितमा उपयोग गर्नेगरी स्थापना गरिएको आपतकालीन सहायता कोषमा बिहिबारसम्ममा एक लाख ७० हजार ९७६ रुपैयाँ संकलन भएको हो ।

    विभिन्न समस्यामा परेका पत्रकारको सहयोगार्थ स्थापना गरिएको १० लाखको आपतकालीन सहायता कोषमा हाल स्वेच्छिक रुपमा जिल्ला तथा जिल्ला बाहिरका पत्रकार, जनप्रतिनिधि, राजनैतिक दलका नेता, समाजसेवी, अभियान्ता लगायतबाट सहयोग प्राप्त भइरहेको नेपाल पत्रकार महासंघ शाखाका अध्यक्ष दिलीप खत्रीले बताए ।

    हालसम्म ३५ जना दाताबाट न्यूनतम एक हजार ५ सयदेखि १० हजार १११ सम्म सहयोग रकम जुटेको महासंघले जनाएको छ । सहयोग रकम नेपाल पत्रकार महासंघको नाममा राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय दिक्तेलमा खोलिएको खातामा जम्मा गर्ने व्यवस्था मिलाइएको छ । 

    पत्रकार महासंघको साधारण सदस्य रहेर पत्रकारिताका क्षेत्रमा क्रियाशील रहेको अवस्थामा कुनै दुर्घटनामा गम्भीर भई अस्पताल लैजानु परेमा, अंगभंग भएमा वा जटिल किसिमको रोगको उपचार गर्नु परेमा, दुर्घटनाका कारण निजको मृत्यु भएमा, बाढीपहिरोले घरमा क्षति पुगेमा आर्थिक सहयोग गर्नेगरी पत्रकार महासंघले कोष स्थापना गरेको हो ।

    आपतकालीन उद्धार, उपचार तथा राहतका लागि आपतकालीन सहायता कोष स्थापनाको अवधारणा अघि सारिएको महासंघका अध्यक्ष खत्रीले बताए । ‘दुर्घटनामा परेका, घाईते भएका, गम्भीर प्रकृतिका बिरामी परेका, मृत्यु भएका पत्रकारको सहयोगार्थ आपतकालीन सहायता कोषको अवधारणा अघि सारिएको हो,’ अध्यक्ष खत्रीले भने, ‘संकटमा परेको अवस्थामा महासंघकातर्फबाट थोरै भएपनि सहयोग गर्ने र राहतको महसुस गराउने प्रयास थालिएको हो ।’ 

    प्रकाशित मिति :जेठ १३, २०७८ बिहिवार - २०:०३:३९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको