• ट्रेण्डिङ:

कोरोना संक्रमितलाई घर-घरमै डाक्टरको सेवा पुर्‍याउँदै प्रेस युनियन सुनसरी

कोरोना संक्रमितलाई घर-घरमै डाक्टरको सेवा पुर्‍याउँदै प्रेस युनियन सुनसरी

रोदिक खबर

१३, जेठ २०७८
  • 2.0K
    SHARES
  • कोरोना संक्रमितलाई घर-घरमै डाक्टरको सेवा पुर्‍याउँदै  प्रेस युनियन सुनसरी

    सुनसरी । नेपाल प्रेस युनियन सुनसरीले जिल्लाका कोरोना संक्रमित सञ्चारकर्मीलाई घरमै स्वास्थ्य सामाग्रीको सेवा पुर्‍याएको छ। युनियनका अध्यक्ष पवन अधिकारीका अनुसार बिहीबार प्रेस युनियनको ३१ औँ स्थापना दिवसको अवसरमा सुनसरी शाखाले बिहीबार कोरोना संक्रमित सञ्चारकर्मीको घरमै डाक्टर र पोषणविद्को सेवा पुर्‍याएको हो।

    डाक्टर र पोषणविद्सहित कोरोना संक्रमित सञ्चारकर्मीको घरमा पुगेर प्रेस युनियनले स्वास्थ्य सामाग्रीसहित मोबाइल डाक्टर सेवा पुर्‍याएको छ। जिल्लाका थप तीनजना संक्रमितको घरमा डाक्टर र पोषणविद्सहित पोषिलो खानेकुरा वितरण गरिएको हो।

    जिल्लामा दोस्रो भेरियन्ट आइकन १६ जना सञ्चारकर्मीमा कोरोना संक्रमण पुष्टि भए भएपछि  युनियनले डा. अमितकुमार खतिवडा, नर्स सुजा शर्मा, पोषणविद् प्रविण भट्टराई, बेदान्द हस्पिटलका प्रबन्ध निर्देशक इन्द्र श्रेष्ठ लगायतले संक्रमित सञ्चारकर्मीका घरमा गएर परामर्श गरेको थियो। खानपानमा ध्यान नपुर्याउँदा संक्रमणले थप च्याप्ने भएकोले सचेत हुनका लागि डा. खतिवडाले सुझाव दिए।

    पत्रकार महासंघ खोटाङ र  प्रेस युनियन ताप्लेजुङ शाखालाई नगद सहयोग

    प्रेस युनियनको स्थापना दिवसको अवसरमा प्रेस युनियन सुनसरी शाखाले नेपाल पत्रकार महासंघ खोटाङले स्थापना गरेको पत्रकार राहत कोषको लागि पनि पाँच हजार एक सय सहयोग उपलब्ध गराएको युनियनका अध्यक्ष अधिकारीले जानकारी दिए। यस्तै,  प्रेस युनियन ताप्लेजुङ शाखालाई स्वास्थ्य सामग्री खरिदको लागि पाँच हजार एक सय रुपैँया सहयोग गरेको छ।

     यसअघि प्रेस युनियन सुनसरी शाखाले नेपाल पत्रकार महासंघ पाँचथर शाखालाई पनि पाँच हजार एक सय नगद सहयोग गरेको  गरेको थियो ।

    उनका अनुसार गतवर्ष पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाबाट उद्घाटन गरिएको युनियन पात्रो थप अपडेट गरिएको छ। युनियन पात्रोमा देशभरीकै महासंघका अध्यक्ष, प्रदेश १ का पदाधिकारी, केन्द्रीय कार्यसमितिको परिचयसहित मोबाइल नम्बर अपडेट गरिएको छ।

    प्रकाशित मिति :जेठ १३, २०७८ बिहिवार - २१:५०:२४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको