खोटाङ । खोटाङका तीन जनाको कोरोना संक्रमणका कारण एकै दिन निधन भएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका ४९ वर्षीय लेखबहादुर खड्का, दिप्रुङ चुइचुम्मा गाउँपालिका- २ डाडाँगाउँका हरीबहादुर कटवाल र ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरीका २८ वर्षीय रामजनम राईको निधन भएको हो। खड्काको जेठ १२ गते परीक्षण गर्दा कोरोना पुष्टि भएको बताइएको छ।
स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि शुक्रबार थप उपचारको लागि लैजानेक्रममा उदयपुरको कटारी पुगेपछि खड्काको निधन भएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिक्देलले जानकारी दिए।
यस्तै, राईलाई पनि केही दिन अघि कोरोना पुष्टि भएको बताइएको छ। उनको काठमाडौंको कुपोण्डोलस्थित सर्वाङ अस्पतालमा उपचारको क्रममा शुक्रबार निधन भएको आफन्तले जनाएको छ। राई काठमाडौंमै बसरेग क्षेत्रमा काम गर्दै आएका थिए। मरे कटुन्जे बोलको गीतले राईको संगीत क्षेत्रमा बाटो खुलेको थियो । यस्तै, दिप्रुङ चुइचुम्मा-२ डाडागाउँका हरीवहादुर कटवालको निधन भएको नवराज रोकाले बताए । रोकाका अनुसार उनको शुक्रबार बिहान टिचिङ अस्पतालमा निधन भएको हो ।