• ट्रेण्डिङ:

एकै दिन ९ हजार ८४१ संक्रमणमुक्त, थपिए ६ हजार ९५१ संक्रमित

एकै दिन ९ हजार ८४१ संक्रमणमुक्त, थपिए ६ हजार ९५१ संक्रमित

रोदिक खबर

१४, जेठ २०७८
  • 1.9K
    SHARES
  • एकै दिन ९ हजार ८४१ संक्रमणमुक्त, थपिए ६ हजार ९५१ संक्रमित

    काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ९ हजार ८४१ पुगेको छ । एकै दिन संक्रमणमुक्त हुने यो अहिलेसम्मकै धेरै संख्या हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृतक संख्या पनि घटेर १०० भन्दा तल झरेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९६ जनाको मृत्यु भएको छ र ६ हजार ९५१ जनामा संक्रमण पुष्टि भएको छ ।

    १९ हजार ३१३ पीसीआर परीक्षणमा ६ हजार ८५५ र ७९७ एन्टिजेन परीक्षणमा ९६ जना गरी ६ हजार ९५१ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ५ लाख ४९ हजार १११ पुगेको छ । सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ३९४ मा झरेको छ ।

    प्रकाशित मिति :जेठ १४, २०७८ शुक्रवार - २०:३४:२४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको