शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

ज्येष्ठ नागरिकको मासिक भत्ता ४ हजार

ज्येष्ठ नागरिकको मासिक भत्ता ४ हजार

रोदिक खबर

१५, जेठ २०७८
  • 1.9K
    SHARES
  • ज्येष्ठ नागरिकको मासिक भत्ता ४ हजार

     काठमाडौं । सरकारले ज्येष्ठ नागरिकको मासिक भत्ता मासिक ४ हजार रुपैयाँ पुर्‍याएको छ । अर्थमन्त्री विष्णु पौडेलले ज्येष्ठ नागरिकको मासिक भत्ता ४ हजार रुपैयाँ पुर्‍याएको र सबै प्रकारका सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत वृद्धि गरेको जानकारी दिए । सामाजिक सुरक्षाका लागि १ खर्ब रुपैयाँ विनियोजन गरेको उनले बताए । बढेको भत्ता १ साउनबाट कार्यान्वयनमा आउने छ ।

    यसअघि सरकारले आर्थिक वर्ष २०७६र७७ को बजेटले वृद्धभत्ता ३ हजार पुर्‍याएको थियो । त्यसअगाडि मासिक २ हजार रुपैयाँ भत्ता रहेको थियो । तत्कालिन अर्थमन्त्री भरतमोहन अधिकारीले शुरु गरेको वृद्धभत्तालाई एमालेले त्यसयता निरन्तर आफ्नो भोट राजनीतिका रुपमा उपयोग गरिरहेको थियो ।

    एमाले र माओवादी केन्द्रबीचको एकतापछि जारी भएको चुनावी घोषणा पत्रमा वृद्धभत्ता ५ हजार पुर्‍याउने उल्लेख थियो । सोही अनुसार सरकारले वृद्धभत्ता बढाएको हो ।

    कसले पाउँछन् वृद्धभत्ता रु तत्कालिन अर्थमन्त्री भरतमोहन अधिकारीले ७५ वर्ष पुरा भएका वृद्धवृद्धाका लागि मासिक एक सय रुपैयाँ सामाजिक सुरक्षा भत्ता घोषणा गरेका थिए ।

    अहिले ७० वर्ष उमेर पुगेका वृद्धवृद्धालाई मासिक भत्ता दिने गरिन्छ । २०६० सालमा अधिकारीले नै वृद्धभत्ता वृद्धि गरि मासिक १७५ रुपैयाँ पुर्याएका थिए ।

    २०६५ सालमा बाबुराम भट्टराईले यस्तो भत्तामा भारी वृद्धि गरि मासिक ५ सय रुपैयाँ पुर्‍याएका थिए । २०७१ सालमा कांग्रेसका अर्थमन्त्री डा। रामशरण महतले १ हजार पुर्‍याएका थिए ।

    अर्को वर्ष २०७२ सालमा तत्कालिन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले एक हजार रुपैयाँ वृद्धिगरि मासिक दुई हजार पुर्‍याए । उक्त रकमलाई २०७६ सालमा डा. युवराज खतिवडाले मासिक तीन हजार पुर्‍याएका थिए ।

    प्रकाशित मिति :जेठ १५, २०७८ शनिवार - १६:४९:२२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको