• ट्रेण्डिङ:

ढुङ्गाले किच्दा खोटाङमा एक महिलाको मृत्यु

ढुङ्गाले किच्दा खोटाङमा एक महिलाको मृत्यु

रोदिक खबर

१६, जेठ २०७८
  • 9.3K
    SHARES
  • ढुङ्गाले किच्दा खोटाङमा एक महिलाको मृत्यु

    खोटाङ । खोटाङमा  ढुङ्गाले किच्दा एक महिलाको मृत्यु भएको छ । हलेसी तुवाचुङ नगरपालिका–४ बडहरे हात्तिवनकी ६६ वर्षिय जानुका पौडेलको पानी लिन जाने क्रममा धारा माथिबाट खसेको ढुङ्गाले किच्दा घट्नास्थलमै मृत्यु भएको वडाध्यक्ष किशोर कुमार वस्नेतले बताए ।

    आइतवार विहान ६ बजेतिर घरभन्दा केही पर खोलामा रहेको धारामा पानी लिन गएकी आमा अबेरसम्म नफर्किएपछि खोज्न जाँदा  उनका छोराले  मृत अवस्थामा भेटेको वडा सदस्य शेषकुमार पौडेलले बताए ।

    मृतक पौडेलको टाउको र कम्मरमा चोट लागेको जनाइएको छ। सबै गाँउलेहरु भेला भएर हेर्दा माथिबाट पहिरो खस्दा आएको ढुङ्गाले लागेर जानुकाको मृत्यु भएको अनुमान गरिएको वडा सदस्य पौडेलको भनाइछ ।

    प्रकाशित मिति :जेठ १६, २०७८ आइतवार - ११:२०:५१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको