• ट्रेण्डिङ:

खोटाङका कुन स्थानीय तहलाई कति बजेट ? 

खोटाङका कुन स्थानीय तहलाई कति बजेट ? 

रोदिक खबर

१६, जेठ २०७८
  • 13.2K
    SHARES
  • खोटाङका कुन स्थानीय तहलाई कति बजेट ? 

    खोटाङ । नेपाल सरकार अर्थमन्त्रालयबाट आगामी आर्थिक वर्षका लागि खोटाङका १० स्थानीय तहलाई साँढे तीन अर्वभन्दा बढी बजेट विनियोजन भएको छ । आर्थिक वर्ष २०७८/०७९ का लागि अर्थमन्त्रालयले ३ अर्ब ५७ करोड ६४ लाख बजेट विनियोजन गरेको हो ।

    समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपूरक अनुदान शिर्षकमा गरी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका लागि ६६ करोड ५६ लाख, हलेसी तुवाचुङ नगरपालिकाका लागि ४४ करोड ६० लाख, ऐसेलुखर्क गाउँपालिकाका लागि २९ करोड ७० लाख, केपिलासगढी गाउँपालिकाका २८ करोड २८ लाख, खोटेहाङ गाउँपालिकाका लागि ४० करोड ४४ लाख बजेट विनियोजन भएको छ । 

    यस्तै, जन्तेढुंगा गाउँपालिकाका लागि ३१ करोड ३५ लाख, दिप्रुङ चुईचुम्मा गाउँपालिकाका लागि ३९ करोड ७४ लाख, रावाबेँसी गाउँपालिका लागि २८ करोड, बराहपोखरी गाउँपालिकाका लागि २४ करोड ६३ लाख, साकेला गाउँपालिकाका लागि २४ करोड ३४ लाख बजेट बिनियोजन भएको अन्तर सरकारी वित्तीय हस्तान्तरण आर्थिक वर्ष २०७८÷०७९ को सारांश प्रतिबेदनमा उल्लेख छ । 

    प्रकाशित मिति :जेठ १६, २०७८ आइतवार - १७:३७:१६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको