• ट्रेण्डिङ:

प्रदेशबाट स्वास्थ्य कार्यालय खोटाङलाई करोडौको स्वास्थ्य सामग्री 

प्रदेशबाट स्वास्थ्य कार्यालय खोटाङलाई करोडौको स्वास्थ्य सामग्री 

रोदिक खबर

१८, जेठ २०७८
  • 6.2K
    SHARES
  • प्रदेशबाट  स्वास्थ्य कार्यालय खोटाङलाई करोडौको स्वास्थ्य सामग्री 

    खोटाङ । प्रदेशबाट स्वास्थ्य कार्यालय खोटाङमा करोडौको स्वास्थ्य सामग्री स्वास्थ्य सामग्री ल्याइएको छ । प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री उषाकला राईमार्फत करोडौको मूल्य बराबरको स्वास्थ्य सामग्री एन्टीजेन किट, अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्ट्रेटर, अक्सिमिटर, पिपिई गाउन, मास्क, सेनीटाइजर लगायतमा स्वास्थ्य सामग्री ल्याइएको हो ।

    प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरबाट १० हजार सेट एन्टीजेन किट, ५० लिटरको १५ पिस अक्सिजन सिलिण्डर, ४ थान अक्सिजन कन्सन्ट्रेटर, ४ थान अक्सिमिटर,  २० पिस इन्फ्रारेड थर्मोमिटर, ३२० सेट गाउन, १ हजार ६ सय पिस सर्जिकल मास्क, ५ सय एमएलको ५४ पिस हेण्डसेनीटाइजर, २५० पिस एन ९५ मास्क लगायतका स्वास्थ्य सामग्री जिल्ला ल्याइएको हो । 

    गाडीमा हालेर स्वास्थ्य सामग्री लिएर आएकी सामाजिक विकास मन्त्री राईले मंगलबार स्वास्थ्य कार्यालयका प्रमुख पुण्यप्रसाद सिग्देललाई सरोकारवालाको उपस्थितिमा स्वास्थ्य सामग्री हस्तान्तरण गरेकी छन् । 

    मन्त्री राईले जिल्ला समन्वय समितिका प्रमुख ववि चाम्लिङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजाल, उपप्रमुख बिणादेबी राई, नेकपा एमालेका अध्यक्ष रामप्रसाद दंगाल, प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा, प्रहरी नायव उपरिक्षक नारायणप्रसाद चिमरिया,सशस्त्र प्रहरी नायव उपरिक्षक सरोज कार्की, डा. बैभव मल्लिक लगायतको उपस्थितिमा स्वास्थ्य सामग्री हस्तान्तरण गरेकी हुन् । मन्त्री राईले आवश्यकता अनुसार थप स्वास्थ्य सामग्री उपलव्ध गराउने बताएकी छन् । 

    प्रकाशित मिति :जेठ १८, २०७८ मंगलवार - १६:३०:५७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको