शुक्रवार, भाद्र २६ गते २०८३

मोटरसाईकल चोरीमा संलग्न दुई युवक पक्राउ 

मोटरसाईकल चोरीमा संलग्न दुई युवक पक्राउ 

रोदिक खबर

२०, जेठ २०७८
  • 4.1K
    SHARES
  • मोटरसाईकल चोरीमा संलग्न दुई युवक पक्राउ 

    खोटाङ । जिल्ला प्रहरी कार्यालय खोटाङले मोटरसाईकल चोरीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका सुवोध श्रेष्ठको बा ७२ प ४९६९ नम्बरको मोटरसाईकल चोरीमा संलग्न भएको अभियोगमा प्रहरीले केपिलासगढी गाउँपालिका–३ बाँसपानीका २२ वर्षीय सरोज विक र जुम्लाको गुठीचौंर गाउँपालिका–५ का २० वर्षीय राजेश खत्रीलाई पक्राउ गरेको हो ।

    विकलाई जेठ १८ गते र खत्रीलाई जेठ १९ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता एवं प्रहरी निरिक्षक अमरप्रसाद गजमेरले जानकारी दिए । 

    विश्वकर्मा र खत्रीमाथि जेठ १५ गते बुइपाकै पञ्चरदोबाटोबाट मोटरसाईकल चोरी गरेको अभियोग छ । मोटरसाईकल सहित पक्राउ परेका दुबै जना बिरुद्ध जिल्ला अदालतबाट म्याद थप गरी आवयक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

    प्रकाशित मिति :जेठ २०, २०७८ बिहिवार - १५:१९:०४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको