• ट्रेण्डिङ:

संक्रमणबाट जोगाउन घरघरमा पुगेर मास्क बाँड्दै वडाका जनप्रतिनिधि  

संक्रमणबाट जोगाउन घरघरमा पुगेर मास्क बाँड्दै वडाका जनप्रतिनिधि  

रोदिक खबर

२०, जेठ २०७८
  • 3.7K
    SHARES
  • संक्रमणबाट जोगाउन घरघरमा पुगेर मास्क बाँड्दै वडाका जनप्रतिनिधि  

    खोटाङको साकेला गाउँपालिका–४ मात्तिमका जनप्रतिनिधिले वडाबासीलाई मास्क वितरण गरेका छन् । कोभिड–१९ को संक्रमणबाट सर्वसाधारणलाई जोगाउनका लागि वडाध्यक्ष र वडा सदस्यले व्यक्तिगत खर्चमा मास्क वितरण गरेका हुन् ।

    वडाका ४३५ घरधुरीका २ हजार ५८० जनालाई मास्क वितरण गरिने वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले बताए । हाल वडा सदस्य र शिक्षक सम्मिलित चार समुह बनाएर बुधबारदेखि मास्क वितरणसंगै सचेतनामूलक कार्यक्रम गरिएको हो ।

    गाउँपालिकाको निर्णय अनुसार गाउँपालिकाले अन्यत्रबाट आएका व्यक्तिलाई अनिवार्य १४ दिन क्वारेन्टिनमा राख्ने र पिसिआर परीक्षण गरेर नेगेटिभ रिपोर्ट आएपछि मात्र घर पठाउने व्यवस्था मिलाइएको वडाध्यक्ष भट्टराईले बताए । 

    प्रकाशित मिति :जेठ २०, २०७८ बिहिवार - १६:१०:५५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको