कोरोना संक्रमित भेटिएपछि खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडालाई सिल गर्ने तयारी गरिएको छ । बिहिबार २५ जनाको एन्टीजेन परिक्षण गर्दा ८ जनालाई संक्रमण पूष्टि भएपछि वडालाई सिल गर्ने तयारी गरिएको हो ।
साविकको बाहुनीडाँडा–६ निङ्लाममा संक्रमित भेटिएसँगै शुक्रबार बैठक बस्ने र वडा सिल गर्ने तयारी गरिएको वडाध्यक्ष रुद्रकुमार राईले बताए । वडा सिल गरिए पनि मध्यपहाडी लोकमार्ग भने खुला रहने जनाइएको छ ।