• ट्रेण्डिङ:

सामाजिक गुठीले जुटायो २० वटा अक्सिजन सिलिण्डर 

सामाजिक गुठीले जुटायो २० वटा अक्सिजन सिलिण्डर 

रोदिक खबर

२३, जेठ २०७८
  • 1.9K
    SHARES
  • सामाजिक गुठीले जुटायो २० वटा अक्सिजन सिलिण्डर 

    खोटाङ । खोटाङमा दिक्तेलबजार सामाजिक गुठीले कोभिड–१९ को महामारीबाट बच्न र बचाउनका लागि अक्सिजन लगायतका स्वास्थ्य सामग्री जुटाउन अभियान थालेको छ ।

    विश्वलाई नै आक्रान्त पारिरहेको कोभिड–१९ बाट संक्रमण भएको अवस्थामा स्थानीयलाई अकालमा ज्यान गुमाउनबाट बचाउनका लागि गुठीले ‘आफु पनि बचौं र अरुलाई पनि बचाऔं’ भन्ने नारासहित स्वास्थ्य सामग्री जुटाउन अभियान थालेको हो । 

    गुठीको आव्हानमा संस्थागत र व्यक्तिगत रुपमा प्राप्त भएको सहयोग रकमबाट हालसम्म ४० लिटर क्षमताको २० वटा अक्सिजन सिलिण्डर, ३ हजार ५ सय थान मास्क र ३५ लिटर सेनीटाइजर संकलन भइसकेको छ ।

    महामारीमा मानव सेवाका खातिर सञ्चालन गरिएको अभियानका क्रममा शुभेच्छुक र सहयोगीले जुटाएको स्वास्थ्य सामग्री शुक्रवार गुठीलाई हस्तान्तरण गरिएको छ । संस्थागत र व्यक्तिगत रुपमा प्राप्त भएको रकमबाट खरिद गरिएको अक्सिजन सिलिण्डर गुठीयार सदस्य रुद्रकुमार श्रेष्ठ (कुमार) ले उपलव्ध गराएको कोठामा स्टोर गरिएको छ ।

    जिल्लामा अक्सिजनको अभाव झेलिरहेको अवस्थाका बिरामीलाई उपलव्ध गराउनेगरी अक्सिजन सिलिण्डर जुटाइएको दिक्तेलबजार सामाजिक गुठीका अध्यक्ष राजन सैंजुले बताए । दाताबाट प्राप्त भएको मास्कमध्ये २ हजार थान मास्क र २५ लिटर सेनीटाइजर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।

    कोभिड–१९ विरुद्ध ‘हटेर होइन, डटेर सामना गरौं’ भन्ने अभियानका अभियान्ता दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका वडा सदस्य प्रकाश श्रेष्ठको रोहवरमा सैंजु पारिवारिक एकता समाजका उपाध्यक्ष राजेन्द्र लयालुले मास्क र सेनीटाइजर हस्तान्तरण गरेका हुन् ।

    नगरपालिकालाई प्रदान गरेपछि बाँकी रहेको मास्क र सेनीटाइजर दिक्तेलबजारका गुठियार र गैर–गुठीयारलाई घर–घरमा पुगेर वितरण गरिएको दिक्तेलबजार सामाजिक गुठीका सचिव नूरकाजी सैंजुले बताए । 

    गुठीलाई दिक्तेलबजार छोरीबुहारी समाज तथा ११ व्यक्तिबाट सहयोग प्राप्त भइसकेको छ । कोभिड–१९ विरुद्धको अभियानमा उपयोगी स्वास्थ्य सामग्री जुटाउनका लागि स्वदेशमा मात्र नभएर अष्ट्रेलिया, अमेरिका लगायतका देशमा समेत अभियान सुरु गरिएको छ । जिल्लामा सकेसम्म आइसियू र भेन्टिलेटर नै जुटाउने लक्ष्यका साथ विदेशमा अभियान जारी रहेको गुठीका सचिव सैंजुले बताए । 

    पितृको सम्झनामा स्वास्थ्य सामग्री दान गर्न गुठीको आग्रह 

    दिक्तेल बजार सामाजिक गुठीले श्राद्ध वा पुण्य तिथिको अवशरमा पितृको सम्झनामा कोभिड–१९ को महामारीमा प्रयोग हुने स्वास्थ्य सामग्री प्रदान गर्ने÷गराउने अभियान चलाउने तयारी गरेको छ ।

    महामारीका बेला श्राद्ध वा तिथि गर्न नसकिने अवस्थामा पितृको सम्झनामा मास्क, सेनीटाइजर, फेसशिल्ड लगायतका स्वास्थ्य सामग्री प्रदान गर्न गुठीले आव्हान गरेको छ । पितृको सम्झनामा मास्क, सेनीटाइज र फेसशिल्ड दिने अभियान केही दिनपछि नै सुरु गरिने गुठीका सचिव सैंजुले जानकारी दिए । 

    प्रकाशित मिति :जेठ २३, २०७८ आइतवार - १०:५६:५१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको