खोटाङ । खोटाङका ६४५ जना संक्रमितले कोरोना जितेका छन् । स्वास्थ्य कार्यालय खोटाङका अनुसार आइतबारसम्ममा कुल १ हजार ४६२ जनालाई संक्रमण हुँदा ६४५ संक्रमितले संक्रमण जितेका हुन् । जिल्लामा कोभिड–१९ को संक्रमण जित्नेको संख्या उत्साहजनक देखिएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका २२३ जना, हलेसी तुवाचुङ नगरपालिकाका १०७ जना, रावाबेँसी गाउँपालिकाका ५० जना, केपिलासगढी गाउँपालिकाका १७ जना, ऐसेलुखर्क गाउँपालिकाका ६६ जना, जन्तेढुंगा गाउँपालिकाका ५२ जना, खोटेहाङ गाउँपालिकाका ३० जना, साकेला गाउँपालिकाका ७१ जना, दिप्रुङ चुईचुम्मा गाउँपालिकाका १८ जना र बराहपोखरी गाउँपालिकाका ११ जनाले संक्रमण जितेका हुन् ।
६४५ जनाले संक्रमण जित्दा र ६ जनाको मृत्यु हुँदा हाल जिल्लामा सक्रिय संक्रमितको संख्या ८११ जना रहेको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले जानकारी दिए ।
हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ३५२ जना, हलेसी तुवाचुङ नगरपालिकामा ८३ जना, रावाबेँसी गाउँपालिकामा ४४ जना, केपिलासगढी गाउँपालिकामा ४४ जना, ऐसेलुखर्क गाउँपालिकामा ४७ जना, जन्तेढुंगा गाउँपालिकामा १९ जना, खोटेहाङ गाउँपालिकामा २९ जना, साकेला गाउँपालिकामा ६८ जना, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा १११ जना र बराहपोखरी गाउँपालिकामा १४ जना सक्रिय संक्रमित छन् ।
जिल्लामा हालसम्म ४ हजार ६७९ जनाको एन्टीजेन र १ हजार ७४२ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ४६२ जनालाई संक्रमण पूष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
१० स्थानीय तह रहेको जिल्लामा हालसम्म २४ स्वास्थ्यकर्मी संक्रमित भएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ९ जना, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा २ जना, रावाबेँसी गाउँपालिकामा २ जना, केपिलासगढी गाउँपालिकामा ३ जना, ऐसेलुखर्क गाउँपालिकामा १ जना, जन्तेढुंगा गाउँपालिकामा २ जना, साकेला गाउँपालिकामा १ जना, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा ३ जना र बराहपोखरी गाउँपालिकामा १ जना स्वास्थ्यकर्मी संक्रमित भएका हुन् ।
संक्रमित स्वास्थ्यकर्मीमध्ये कतिपय डिस्चार्ज भइसकेका छन् । हालसम्म जिल्लामा ६ संक्रमितको मृत्यु भइसकेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ४ जना, केपिलासगढी गाउँपालिकामा १ जना र ऐसेलुखर्क गाउँपालिकामा १ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयका प्रमुख सिग्देलले बताए ।
हालसम्म २६ जना जिल्ला बाहिरका अस्पतालमा रेफर भएका छन् भने २८ जनाको संस्थागत आइसोलेसनमा उपचार भइरहेको छ । हाल ७८३ जना होमआइसोलेसनमा बसिरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।