• ट्रेण्डिङ:

खोटाङमा कोरोना जित्नेको संख्या बढ्दै, ७७२ संक्रमितले जिते कोरोना 

खोटाङमा कोरोना जित्नेको संख्या बढ्दै, ७७२ संक्रमितले जिते कोरोना 

रोदिक खबर

१, आषाढ २०७८
  • 2.7K
    SHARES
  • खोटाङमा कोरोना जित्नेको संख्या बढ्दै, ७७२ संक्रमितले जिते कोरोना 

    खोटाङ । खोटाङका ७७२ जना संक्रमितले कोरोना जितेका छन् । स्वास्थ्य कार्यालय खोटाङका अनुसार सोमबारसम्ममा कुल १ हजार ४६९ जनालाई संक्रमण हुँदा ७७२ संक्रमितले संक्रमण जितेका हुन् ।

    जिल्लामा कोभिड–१९ को संक्रमण जित्नेको संख्या उत्साहजनक देखिएको छ । हालसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका २५७ जना, हलेसी तुवाचुङ नगरपालिकाका १३१ जना, रावाबेँसी गाउँपालिकाका ५० जना, केपिलासगढी गाउँपालिकाका १८ जना, ऐसेलुखर्क गाउँपालिकाका ६६ जना, जन्तेढुंगा गाउँपालिकाका ५३ जना, खोटेहाङ गाउँपालिकाका ३० जना, साकेला गाउँपालिकाका ८८ जना, दिप्रुङ चुईचुम्मा गाउँपालिकाका ६८ जना र बराहपोखरी गाउँपालिकाका ११ जनाले संक्रमण जितेका हुन् ।

    ७७२ जनाले संक्रमण जित्दा र ६ जनाको मृत्यु हुँदा हाल जिल्लामा सक्रिया संक्रमितको संख्या ६८२ जना रहेको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले जानकारी दिए । 

    हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ३१५ जना, हलेसी तुवाचुङ नगरपालिकामा ६० जना, रावाबेँसी गाउँपालिकामा ४४ जना, केपिलासगढी गाउँपालिकामा ४४ जना, ऐसेलुखर्क गाउँपालिकामा ४७ जना, जन्तेढुंगा गाउँपालिकामा १६ जना, खोटेहाङ गाउँपालिकामा २९ जना, साकेला गाउँपालिकामा ५१ जना, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा ५९ जना र बराहपोखरी गाउँपालिकामा १४ जना सक्रिया संक्रमित छन् ।

    जिल्लामा हालसम्म ४ हजार ९४७ जनाको एन्टीजेन र १ हजार ७४२ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ४६९ जनालाई संक्रमण पूष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । 

    १० स्थानीय तह रहेको जिल्लामा हालसम्म २४ स्वास्थ्यकर्मी संक्रमित भएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ९ जना, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा २ जना, रावाबेँसी गाउँपालिकामा २ जना, केपिलासगढी गाउँपालिकामा ३ जना, ऐसेलुखर्क गाउँपालिकामा १ जना, जन्तेढुंगा गाउँपालिकामा २ जना, साकेला गाउँपालिकामा १ जना, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा ३ जना र बराहपोखरी गाउँपालिकामा १ जना स्वास्थ्यकर्मी संक्रमित भएका हुन् । संक्रमित स्वास्थ्यकर्मीमध्ये कतिपय डिस्चार्ज भइसकेका छन् ।

    हालसम्म जिल्लामा ६ संक्रमितको मृत्यु भइसकेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ४ जना, केपिलासगढी गाउँपालिकामा १ जना र ऐसेलुखर्क गाउँपालिकामा १ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयका प्रमुख सिग्देलले बताए । 

    हालसम्म २७ जना जिल्ला बाहिरका अस्पतालमा रेफर भएका छन् भने ३७ जनाको संस्थागत आइसोलेसनमा उपचार भइरहेको छ । हाल ६४५ जना होमआइसोलेसनमा बसिरहेको स्वास्थ्य कार्यालयले जनाएको छ । 

    प्रकाशित मिति :आषाढ १, २०७८ मंगलवार - १२:२५:१४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको