• ट्रेण्डिङ:

गाउँपालिका उपाध्यक्षसहित १२ जनाले गरे गाउँसभा बहिस्कार

गाउँपालिका उपाध्यक्षसहित १२ जनाले गरे गाउँसभा बहिस्कार

रोदिक खबर

१०, आषाढ २०७८
  • 11.5K
    SHARES
  • गाउँपालिका उपाध्यक्षसहित १२ जनाले गरे गाउँसभा बहिस्कार

    खोटाङ । बजेट विनियोजनका विषयमा असहमती जनाउँदै खोटाङको साकेला गाउपालिकाका उपाध्यक्ष सरिता खड्का लगायतले गाउँसभा बहिस्कार गरेका छन् ।

    गाउँपालिका अध्यक्ष अर्जुन खड्काले श्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठकमा अनावश्यक हस्तक्षेप गर्दै एकलौटी बजेट ल्याउन खोजेको आरोप लगाउँदै उपाध्यक्ष खड्का सहित वडाध्यक्ष कृष्णप्रसाद भट्टराई, विजय गुरुङ, कार्यपालिका सदस्य कुमारसिं भुजेल, बिमला राई, रेनुका कट्वाल लगायत १२ जनाले बिहिबारको गाउँसभा बहिस्कार गरेका हुन् । गाउँसभा बहिस्कार गर्ने उपाध्यक्ष, वडाध्यक्ष र कार्यपालिका तथा वडा सदस्य कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन् । 

    गाउँसभा बहिस्कार गर्दै बाहिरिएका उपाध्यक्ष, वडाध्यक्ष र कार्यपालिका सदस्यले संयुक्त विज्ञाप्ति जारी गर्दै कार्यपालिकाको बैठक समेत नराखी मनोमानी ढंगबाट अराजनीतिक र अलोकतान्त्रिक कुशासन स्थापना गर्ने दुस्साहस गरेको भन्दै खेद व्यक्त गरेका छन् ।

    माओवादी केन्द्रबाट निर्वाचित अध्यक्ष खड्काले बहुमतको दम्भ देखाएर चुनाव लक्षित वजेट तथा कार्यक्रम ल्याउन खोजेकाले आफूहरुले गाउँसभा बहिस्कार गर्नुपरेको उपाध्यक्ष खड्काले बताईन् ।

    गाउँपालिकाका केही कर्मचारीको मिलेमतोमा आर्थिक अनियमितता भएको सवालमा पटक–पटक आवाज उठाउँदा कुनै जवाफ नदिइएको, गाउँपालिकाको सवारी इन्धनमा मनोमानी गरिएको विज्ञाप्तिमा उल्लेख छ ।

    यद्यपि, श्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिमार्फत बेलामा योजना तथा कार्यक्रम ल्याउन ढिलाइ भएपछि गाउँपालिका अध्यक्ष आफैले योजना तथा कार्यक्रम प्रस्ताव गरेपछि कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले असहमती जनाएको जनाइएको छ ।

    कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि बाहिरिए पनि बहुमतका आधारमा आर्थिक वर्ष २०७८÷०७९ को नीति, कार्यक्रम तथा बजेट पारित गर्दै गाउँसभा सम्पन्न भएको छ । 

    प्रकाशित मिति :आषाढ १०, २०७८ बिहिवार - २२:१८:३१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको