• ट्रेण्डिङ:

जन्तेढुंगा गाउँपालिकाले ल्यायो ३९ करोड ९९ लाख बजेट

जन्तेढुंगा गाउँपालिकाले ल्यायो ३९ करोड ९९ लाख बजेट

रोदिक खबर

१०, आषाढ २०७८
  • 1.9K
    SHARES
  • जन्तेढुंगा गाउँपालिकाले ल्यायो ३९ करोड ९९ लाख बजेट

     खोटाङ । असार १०, खोटाङको जन्तेढुंगा गाउँपालिकाले ३९ करोड ९९ लाख ९३ हजार २७० रुपैयाँ बराबरको बजेट ल्याएको छ । जन्तेढुंगा गाउँपालिकाले संघीय सरकारबाट प्राप्त ३७ करोड ६५ लाख १३ हजार, प्रदेश सरकारबाट २ करोड १४ लाख ८० हजार २७० र आन्तरिक श्रोतको २० लाखबाट आगामी आर्थिक वर्षका लागि बजेट तयार पारेको हो ।

    बुधबार उद्घाटन गरिएको गाउँसभाले सशर्त अनुदान, विशेष अनुदान र समपुरक अनुदान बाहेकबाट चालु खर्चतर्फ ६ करोड ४९ लाख ३२ हजार ४७० विनियोजन गरेपछि बाँकी गरेको बजेटबाट योजना तथा कार्यक्रमका लागि रकम विनियोजन गरेको हो ।

    गाउँसभाले गाउँपालिका स्तरिय योजनाका लागि ६ करोड ५ लाख ९८ हजार (६९ प्रतिशत) र वडाका लागि २ करोड ७० लाख विनियोजन गरेको जन्तेढुंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गिरीराज भट्टराईले बताए ।

    जन्तेढुंगाले पुर्वाधार बिकासतर्फ १ करोड ९७ लाख २ हजार, विद्युत विस्तारतर्फ २२ लाख, शिक्षातर्फ ३१ लदाख ५० हजार, कृषि तथा पशुतर्फ ५४ लाख ५० हजार, न्यायिक समिततर्फ २ लाख, उपाध्यक्षसँग महिला कार्यक्रमतर्फ २२ लाख, विपद व्यवस्थापनका लागि १६ लाख लगायतका बजेट विनियोजन गरेको छ ।

    प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईले उद्घाटन गरेको गाउँसभामा गाउँपालिका अध्यक्ष शंखर राईले नीति तथा कार्यक्रम र उपाध्यक्ष विमला राईले बजेट पेश गरेका थिए । जिल्लाका अन्य स्थानीय तहले पनि बिहिबार गाउँ तथा नगरसभा गरिरहेको छ । कोभिड–१९ को महामारीका कारण केपिलासगढी गाउँपालिकाले भने असार १४ गते गाउँसभा गर्ने तयारी गरेको छ ।

    प्रकाशित मिति :आषाढ १०, २०७८ बिहिवार - २२:४२:३५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको