खोटाङका दश स्थानीय तहमध्येमा दुई नगरपालिका र छ गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ का लागि प्रस्तावित वजेट र नीति तथा कार्यक्रम ल्याएका छन् ।
नगरसभा तथा गाउँसभाबाट पारित गर्दै नयाँ वजेट र कार्यक्रम ल्याएका हुन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ८५ करोड ८ लाख ६२ हजार वजेट नगरसभामा प्रस्तुत गरेको छ भने हलेसी तुवाचुङ नगरपालिकाले ५८ करोड १६ लाख २८ हजार ४५० रुपैयाँ वजेट ल्याएको ल्याएको छ ।
यस्तै, दिप्रुङ चुईचुम्मा गाउँपालिकाले ६२ करोड २८ लाख ३७ हजार ५९० रुपैयाँ, खोटेहाङ गाउँपालिकाले ५१ करोड ६६ लाख ३२ हजार १२० रुपैयाँ, रावाबेंशी गाउँपालिकाले ३६ करोड ४५ लाख ३५ हजार, ऐसेलुखर्क गाउँपालिकाले करीव ४० करोड ३९ लाख ८५ हजार ९६० रुपैयाँ र जन्तेढुंगा गाउँपालिकाले ३९ करोड ९९ लाख ९३ हजार २७० रुपैयाँ,वजेट प्रस्तुत गरेको छ।
बराहपोखरी गाउँपालिकाले प्राविधिक कारण देखाउँदै आज गाउँसभा गरेन। उसले ३४ करोड वरावरको वजेट प्रस्तुत गर्नेछ। केपिलासगढी गाउँपालिकाले भने १४ असारमा नीति तथा कार्यक्रम र वजेट प्रस्तुत गर्नेछ।