• ट्रेण्डिङ:

नेपाल पत्रकार महासंघ खोटाङद्वारा पत्रकारलाई महासंघको लोगो अंकित प्रेस ज्याकेट प्रदान

नेपाल पत्रकार महासंघ खोटाङद्वारा पत्रकारलाई महासंघको लोगो अंकित प्रेस ज्याकेट प्रदान

रोदिक खबर

११, आषाढ २०७८
  • 6.6K
    SHARES
  • नेपाल पत्रकार महासंघ खोटाङद्वारा पत्रकारलाई महासंघको लोगो अंकित प्रेस ज्याकेट प्रदान

    खोटाङ । नेपाल पत्रकार महासंघ खोटाङ शाखाले पत्रकारलाई लोगो अंकित प्रेस ज्याकेट वितरण गरेको छ । कोभिड–१९ को महामारीमा जोखिम मोलेर पत्रकारिता गरिरहेका पत्रकारलाई मास्क, सेनीटाइजर लगायतका स्वास्थ्य सामग्री जुटाएर उपलव्ध गराउँदै आएको महासंघले नेपाल पत्रकार महासंघको लोगो अंकित प्रेस ज्याकेट प्रदान गरेको हो ।

    समाचार संकलनका क्रममा थप सहजता मिलोस् भनेर पत्रकारलाई नेपाल पत्रकार महासंघको लोगो अंकित एप्रोन वितरण गरिएको नेपाल पत्रकार महासंघ खोटाङ शाखाका अध्यक्ष दिलीप खत्रीले बताए ।

    महासंघको साधारण सदस्य लिएर पत्रकारिता गरिरहेका तथा महासंघको सदस्य नभए पनि पत्रकारितामा क्रियासिल पत्रकारलाई प्रेस ज्याकेट प्रदान गरिएको हो । दिक्तेलको भवनगैरास्थित नेपाल पत्रकार महासंघको सम्पर्क कार्यालयमा शुक्रबार बरिष्ठ पत्रकार कृष्ण आचार्य र महासंघका अध्यक्ष खत्रीले पत्रकारलाई प्रेस ज्याकेट प्रदान गरेका थिए ।

    haribol.jpg

    जिल्लामा महासंघका २६ जना साधारण सदस्य छन् । छुट भएका पत्रकारलाई क्रमशः एप्रोन उपलव्ध गराइने महासंघले जनाएको छ । महासंघले हाल पत्रकार आपतकालीन सहायता कोष स्थापना गरेर सहयोग रकम जुटाउने अभियान सञ्चालन गरिरहेको छ ।

    जिल्लामा क्रियासिल पत्रकारको हितमा उपयोग गर्नेगरी स्थापना गरिएको आपतकालीन सहायता कोषमा हालसम्म ११ लाखको हाराहारीमा सहयोग रकम संकलन भइसकेको अध्यक्ष खत्रीले बताए । 

    प्रकाशित मिति :आषाढ ११, २०७८ शुक्रवार - २१:२०:२५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको