खोटाङ । खोटाङमा छोराले धारिलो हतियार प्रहार गर्दा बुवाको मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा बेँसीटोलका ३७ वर्षीय सुवर्ण राईले धारिलो हतियार प्रहार गर्दा ७५ वर्षीय बुवा चन्द्रबहादुर राईको मृत्यु भएको हो ।
छोराले आइतबार बिहान ४ बजेतिर गर्दन लगायत शरीरका विभिन्न ठाउँमा खुकुरी प्रहार गर्दा चन्द्रबहादुरको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरिक्षक अमरप्रसाद गजमेरले बताए ।
आफ्नै बुवालाई धारिलो हतियार प्रहार गर्ने सुवर्णलाई सोल्माकै अल्छेढुंगाबाट नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । घट्नाको कारण खुल्न बाँकी रहेको प्रहरी निरिक्षक गजमेरले बताए ।
२०७१ साल असार १७ गते राती आँखामा टर्चको प्रकाशले हानेर अलमल्याउँदै साकेला गाउँपालिका–२ रतन्छा पिनालाखाका हरिजङ राईको सुन र नगद लुट्पाटमा संलग्न चार जनामध्येका एक सुवर्णले डाँका र हातहरियार मुद्धामा कैंद सजाय भुक्तान गरेको केही वर्षपछि बुवामाथि धारिलो हतियार प्रहार गरेको प्रहरीले जनाएको छ ।