• ट्रेण्डिङ:

भेरोसेल खोप खरीदका लागि सिनोफार्मसँग सम्झौता, असार २४ गतेदेखि खोप आपूर्ति

भेरोसेल खोप खरीदका लागि सिनोफार्मसँग सम्झौता, असार २४ गतेदेखि खोप आपूर्ति

रोदिक खबर

१९, आषाढ २०७८
  • 7.0K
    SHARES
  • भेरोसेल खोप खरीदका लागि सिनोफार्मसँग सम्झौता, असार २४ गतेदेखि खोप आपूर्ति

    कोरोना खोप भेरोसेल खरीदका लागि सरकारले चिनियाँ कम्पनी सिनोफार्मसँग सम्झौता गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले असार २४ गतेदेखि नेपालमा कोरोना भाइरसविरुद्धको खोपको आपूर्ति सुरु हुने जनाएको छ ।

    चीनको बेइजिङमा रहेको साइनोफार्म कम्पनीसँग खोप खरिदका लागि भएको सम्झौता अनुसार असार २४ गतेदेखि खोप आपूर्ति सुरु हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले शुक्रबार विज्ञप्ति जारी जानकारी दिए।

    २४ असारबाट खोप आपूर्ति सुरु हुने र साप्ताहिक रुपमा आउने पनि जानकारी दिएका छन् । तर कति खोप आपूर्तिका लागि कति मूल्यमा सम्झौता भएको खुलाएका छैनन् । अधिकारीहरूका अनुसार ४० लाख डोज खरिदका लागि सम्झौता भएको छ । ‘नन् डिस्क्लोजेवल एग्रिमेन्ट (एनडीए) अनुसार खोप खरीद गरिएको भएकाले थप कुराहरु भन्न मिल्दैन’ मन्त्रालयका उच्च अधिकारीले भने ।

    मन्त्रालयका ती अधिकारीका अनुसार पछिल्लो २ साता चीनसँग ननडिस्कोजेवल एग्रिमेण्ट गर्न सरकारले पहल गरिरहेको थियो । नेपालले खोप खरीदको लागि प्रस्ताव राख्दा चीनले गोप्य सम्झौता गर्नुपर्ने बताएको थियो ।

    खोप खरीदको लागि अन्य विकल्प बन्द भएपछि सरकार गोप्य सम्झौताको लागि तयार भएको अधिकारीहरूले बताएका छन् । यसका साथै कोभ्याक्स सुविधाबाट समेत छिटै खोप प्राप्त गरी कोभिड १९ विरुद्धको खोप कार्यक्रम विस्तार हुने मन्त्रालयले बताएको छ ।

    r.jpeg

    प्रकाशित मिति :आषाढ १९, २०७८ शनिवार - ००:४६:२१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको