• ट्रेण्डिङ:

जन्तेढुंगा गाउँपालिका कोरोना संक्रमण मुक्त

जन्तेढुंगा गाउँपालिका कोरोना संक्रमण मुक्त

रोदिक खबर

१९, आषाढ २०७८
  • 5.4K
    SHARES
  • जन्तेढुंगा गाउँपालिका कोरोना संक्रमण मुक्त

    खोटाङ । खोटाङको जन्तेढुंगा गाउँपालिका कोरोना भाइरस (कोभिड १९) संक्रमण मुक्त भएको छ । गाँउपालिकामा संक्रमित भएका सबै निको भएसँगै गाँउपालिकामा संक्रमण मुक्त भएको हो । 

    दोश्रो भेरियण्टबाट ८३ जना संक्रमति भएको गाउँपालिकामा बाँकी रहेका चिसापानीका कार्की थरका एक जना संक्रमित कोरोना संक्रमण मुक्त भएपछि शुक्रबारबाट गाउँपालिका संक्रमण मुक्त बनेको स्वास्थ्य शाखा संयोजक पवन पोखरेलले बताए ।

    वैशाखबाट सुरु भएको संक्रमित संख्या शुन्यमा झरेसँगै गाउँपालिका कोरोना संक्रमण मुक्त गाउँपालिका भएको स्वास्थ्य शाखा संयोजक पोखरेलले बताए । संक्रमितलाई होमआइसोलेसनमा राख्ने व्यवस्था गरिएको थियो ।

    गाउँपालिकामा ३५८ जनाको एण्टीजेन र ४१ जनाको पिसिआर परिक्षण गर्दा एण्टीजेन परिक्षणबाट ७० जना र पिसिआर परिक्षणबाट १३ जनामा पोजेटीभ देखिएको थियो ।

    प्रकाशित मिति :आषाढ १९, २०७८ शनिवार - ०१:३५:५१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको